काठमाडाैं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै पार्टी छोड् भनेको बताएका छन् ।
शुक्रबारदेखि सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै श्रेष्ठले प्रचण्डसँग आफ्नो सम्बन्ध कठिन क्षणमा पुगेको बताए पनि पार्टी छाडिहाल्ने या अन्तरसंघर्ष गरेर अगाडि बढ्ने भन्ने बारेमा भने केही बताएनन् ।
एमसीसी सम्झाैता अनुमाेदन भएकाे भाेलिपल्ट प्रचण्डले नै पत्रकार सम्मेलन गरेर पार्टी छोड् भनेको उनले बताए ।श्रेष्ठसहित पाँच नेताले अमेरिकी सहयोग परियोजना एमसीसी, व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने पार्टी निर्णयको विरोध गरेका थिए । अध्यक्षकाे अभिव्यक्तिले चित्त दुखाएका नेता श्रेष्ठ पक्षका नेताहरू अाजकाे केन्द्रीय समिति बैठकमा समेत जान मन गरेका थिएनन् ।

