काठमाण्डौ,२१ फगुन । एक जनाले गरेको रक्तदानबाट तिन जनाको ज्यान बचाउन सकिने कतारका लागी पुर्ब नेपाली राजदुत सूर्यनाथ मिश्रले बताउनु भएको छ । जागरुक युवा समाज नेपालको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी कागेश्वरी मनोहरा उपशाखाको सँयोजनमा सनसिटी अपार्टमेन्ट परिसरमा आयोजित रक्तदान कार्यक्रममा प्रमुख अतिथीको आसनबाट उहाँले भन्नुभयो

‘मानब शरीर लिएर जन्मिएका सबै मानिस होइनन । मानब बन्नकालागी मानवीय ब्यबहार र सँस्कारको जरुरत पर्दछ । उसले गर्ने ब्यबहारले नै मानिसलाई दैत्य, दानब वा मानब के बन्ने भन्ने निर्धारण गर्दछ । आफ्नोलागी जीवन निर्वाह त पशुले पनि गर्दछ । अरुका लागी बाँच्ने साँच्चै मानब हुन । त्यसैले पनि दानहरुमा सर्बश्रेष्ट दान भएकोले रक्तदानलाई महादान भनिएको हो ।’
ब्लडबैक स्थापनाकार्य अन्तिम चरणमा

कार्यक्रममा बिशेष अतिथी एबं कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले रक्तदान जस्तो महान मानवीय कार्यमा जोडीन पाउँदा खुसी लागेको बताउँदै चाँडैनै नगरपालिका द्दवारा सँचालित मुलपानी नगर अस्पतालमा ब्लडबैक स्थापनार्थ टेन्डर आह्वान प्रक्रियामा पुगेको जानकारी गराउनु भयो ।

रक्तदानका लागी बिधालयस्तर देखिनै युवाबर्गलाई जागरुक बनाउनु पर्ने बताउँदै अन्तराष्टिय नेपाली ब्लड डोनर्स एसोसियसनका उपाध्यक्ष बिनोद भटराईले सँकलन गरिएको रगत बितरणकालागी चुस्त ब्यबस्थापको आबश्यकता औल्याउनु भएको थियो ।

न किसानले उब्जाउन सक्छ न कारखानामा बनाउन मिल्छ, केबल मानबबाट मात्रै मानबलाइ दिएर जीवन बचाउन सकिने रगत हरेक तिन तिन महिनामा फेरिने हुनाले खेर जाने रगत दान गरी जीवन बचाउने जस्तो पुण्डकर्म गरेकामा नेपाल रेडक्रस सोसाईटी कागेश्वरी मनोहरा उपशाखाका सभापती बासुदेब पौडेलले सबै रक्तदाताहरु प्रति आभार ब्यक्त गर्नु भएको थियो ।

रक्तदान आयोजक सँस्था जागरुक युवा समाज नेपालका अध्यक्ष राज कुमार चुवानले सँस्था कतारमा कार्यरत नेपालीहरुको सुखदुखको सहयात्री भएपनि नेपालमा रक्तदान जस्तो मानवीय सँबेदनाको क्षेत्रमा समेत समेट्न पाउँदा खुसि लागेको बताउनु भयो ।
५० जना रक्तदाता द्दवारा रक्तदान गरिएको कार्यक्रममा प्रमुख अतिथी, बिशेष अतिथी तथा स्थान उपलब्ध गराउने सनसिटी अपार्टमेन्टलाई मायाँको चिनो प्रदान गरिएको थियो । साथै रेडक्रस सँग आबद्दता जनाउनेहरुलाई आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो ।

रक्तदान कार्यक्रमको फोटो फिचर






