नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बित

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ४ वर्ष अगाडि

काठमाडाैं ।नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बनमा परेका छन् ।आइतबारको प्रतिनिधिसभामा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बलात्कार आरोपमा पक्राउ परेका सांसद बानियाँ निलम्बनमा परेको जानकारी गराएका हुन् ।

गत माघ १९ गते नेपालगन्जस्थित अप्सरा होटलमा बानियाँले ४० वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको उजुरी परेपछि उनलाइ जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेेकाे थियाे । पीडित महिलाले बानियाँविरुद्ध माघ २७ गते नै जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिएकी थिइन् ।हाल हिरासतमा रहेका उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।