काठमाण्डौको वसन्तपुरमा चीर ठड्याएसँगै यसपालिको फागु अर्थात् होली पर्व सुरु भएको छ ।बिहान ७ बजेको साइतमा मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएसँगै होली पर्व सुरु भएको हो ।
यसपालि आउँदो विहीबार पहाडी जिल्लामा र शुक्रबार तराईका जिल्लामा होली मनाइँदै छ ।रंगको पर्व होलीलाई होलीलाई असत्यमाथि सत्यको विजयको रुपमा हरेक वर्ष फागु पूर्णिमाका दिन मनाउने गरिन्छ ।

