मिर्गाैला स्वस्थ राख्न यस्ताे गर्नुहाेस्

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , News/समाचार , स्वास्थ्य , ४ वर्ष अगाडि

काठमाडाैं । आज विश्व मिर्गौला दिवस हाे । ‘मिर्गौला स्वास्थ्य सबैका लागि’ भन्ने नाराका साथ देशभर चेतनामूलक कार्यक्रमका साथ याे दिवस मनाइँदै छ । सन् २००६ देखि हरेक वर्ष मार्च महिनाको दोस्रो बिहीबार विश्व मिर्गौला दिवस मनाउन थालिएको हो ।

दिवसका अवसरमा बिहान काठमाण्डौको शान्तिबाटिकाबाट मिर्गौला पदयात्रा निस्किएको छ । नेपालमा हरेक दिन मिर्गौला रोगका बिरामी बढिरहेका छन् ।

अस्वस्थ खानपान र जीवनशैली तथा नियमित स्वास्थ्य परीक्षण गराउने बानी नहुँदा मिर्गौला रोगका बिरामी थपिँदै गएका डाक्टरले बताएका छन् । 

कम्तीमा वर्षमा एक पटक पिसाबको परीक्षण गर्दा मिर्गौलाको अवस्थाबारे थाहा पाउन सकिन्छ।

नेपालमा हरेक वर्ष ३ हजार पाँच सय जनाको मिर्गौलामा खराबी आउने गरेको तथ्याङ्क छ । प्रशस्त पानी पिउन, हिँडडुल गर्न, बेलैमा सुत्न र उठ्न, धेरै गुलियो तथा चिल्लो नखान, उचाई अनुसार तौल व्यवस्थापन गर्न पनि डाक्टरको सुझाव छ ।