निर्माण व्यवसायीलाई प्रधानमन्त्री देउवाको आग्रह : एमसीसीको टेन्डरमा भाग लिनूस्

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको टेन्डरमा प्रतिस्पर्धा गर्न निर्माण व्यवसायीहरुलाई आग्रह गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २३औँ साधारण सभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्ताे आग्रह गरेका हुन् ।

अमेरिकी कानुनले एमसीसीलाई अन्तर्राष्ट्रियस्तरमा टेन्डर गर्नुपर्ने अवस्था रहेकाले यसमा जुनसुकै देशले प्रतिस्पर्धा गर्न सक्ने हुँदा नेपालका निर्माण व्यवसायीलाई एमसीसीको अन्तर्राष्ट्रिय टेन्डरमा भाग लिन उनले आग्रह गरेका हुन् ।

ग्लोबल टेन्डर हुने हुँदा नेपालकाले पनि हिम्मत गरे हुन्छ  । एमसीसीको बिडिङमा सफल भए सबभन्दा पहिले हामी खुसी हुनेछौँ प्रधानमन्त्री देउवाले भने । अन्तर्राष्ट्रिय बिडिङ हुने हुनाले अमेरिकालाई बाध्यता छ अमेरिकन कानुनले अन्तर्राष्ट्रिय बिडिङ गराउनुपर्ने हुनाले जुनसुकै मुलुकका पनि यसमा आउन सक्छन् ।

प्रधानमन्त्री देउवाले नेपालको निर्माण उद्योगलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्नेमा जाेडदिए । प्रधानमन्त्री देउवाले निर्माण व्यवसायलाई सहज बनाउनका लागि खरिद नियमावलीको ११औँ संशोधन गरिएको स्पष्टसमेत पारे ।