काठमाण्डौ २८ फागुन । गैरकानूनी तर सुदुर पश्चिममा अझै प्रचलनमा रहेको छाउपडी प्रथा बिरुद्द सोफिया थापाले आवाज उठाएकी छिन । गीतकार रमेश दहालको शव्दमा संगीत तथा स्वर गायिका सोफिया थापाकै रहेको गीतक छाउपडी बिरुद्दको गित गायिकाले आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक गरेकी हुन । विशाल पौडेलके ासंगीत संयोजन रहेको उक्त गित कर्णाली महोत्सवमा हिजो सार्वजनिक भएको हो ।
सुदुर पश्चिमको अन्धबिश्वासले महिलामाथिको दमन, शोषण र विभेदलाई अझै जिवित राखेको छ । युवतीहरु निश्चित उमेर पुगेपछि हुने रजस्वला प्राकृतिक प्रकृया हो । तर यसलाई धर्म र पापसँङ्ग जोडेर मनोबैज्ञानिक त्रास फÞैलाइएको छ । सुत्केरी हुदा झन खानपान र सरसफाईमा ख्याल गर्नुपर्ने समयमा महिलालाई पोसिलो खाना बन्देज गरिएको हुन्छ । रजस्वला हुदा वा सुत्केरी हुदा घरभित्र पस्न नहुने अन्धबिस्वासले महिलाहरु घरभन्दा पर एउटा सानो असुरक्षित गोठ वा छाप्रोमा बस्न बाध्य पारिन्छन् । यसबाट निम्तिएका धेरै घटना समेत सार्वजनिक भएका घटनाहरु हामी सुन्दै आएका छौ । त्यसैले छाउपडी प्रथाको जरो उखेलौ र नेपालको प्रचलित कानुन मानी हाम्रा दिदी बहिनीलाई मात्रै हैन समग्र समाजकै गतिलाई अवरोध खडा गरेको छाउपडि उन्मुलन गरौ भन्ने आग्रह गीतले गरेको छ ।
मुलुकी अपराध संहिता ऐनको दफ १६८ (४) मा छाउपडी राख्नेलाई सजायको ब्यबस्था गरेको छ । छाउपडी सम्पूर्ण नेपाली समाजको समस्या हो भन्ने आग्रह गीतका गरिएको छ तर ठाउँ अनुसार यसका स्वरुप फरक भएकाले सुविधा सम्पन्न शहरी क्षेत्रमा समेत छाउपडि कुनै न कुनै अर्को रुपमा रहेको हुन सक्छन् । छाउपडीले सिधै छाउगोठ बुझाउछ जहाँ रजस्वला भएकि महिलालाई बस्न बाध्य पारिन्छ ।

