काठमाण्डौ, २९ फागुन । आजभोलि आफू भाईरल हुन र पैसा कमाउनको लागि जे पायो त्यही भिडियो खिच्ने र कसैको अनुमती बिना नै भिडियो सार्वजनिक गरेको पाईन्छ । जुन कुरा एकदमै गलत हो । यस्तो खालको भिडियोहरु बनाँउदा अरुलाई नराम्रो असर पर्नसक्छ । त्यसैले अनाहकमा अरुलाईअसर पर्ने यस्ता काम नगरौ भन्ने सन्देशका साथ हालै एक सर्ट मुभी अ गूड् जोक सार्वजनिक गरिएको छ ।
सर्ट मुभीमा काठमाण्डौमा कोठा भाडामा बस्ने महत्वकाङ्क्षी मध्यबर्गिय युबकको चरित्र मार्फत कथा भनिएको छ । स्वामी आत्मो पुष्पको कथा तथा निर्देशन तथा स्वयम स्वामी आत्मो पुष्प, प्रतिक्षा खतिवडा, बिपिन जैसवाल, रोहित कार्र्की लगायतको अभिनय रहेको छ ।
बालकृष्ण लम्साल र चिरन्जिबी विक निर्माता रहेको मुभीलाई भुपेन थापा मगरले खिचेका हुन भने सम्पादन नकुल खडकाले गरेका छन ।