बलात्कारपछी हत्या गरिएकी १८ महिने बालिकाको लागी न्याय माग्दै प्रदर्शन
काठमाण्डौ,१ चैत्र । माइतीघरमा मैनबत्ति बाल्दै श्रीमती सँघले बलात्कार बिरुद्दको अभियान शुरु गरेका छन । राजनैतिक सँरक्षणमा बलात्कारी खुलेर हिड्ने र बलात्कृत महिला लुकेर बस्नुपर्ने अबस्था देशमा सृजना भएपछी उनिहरुले उक्त कार्यको बिरोध गर्दै यस्तो अभियान चलाएका हुन ।

केहिदिन पहिले मोरङको सुदर हरैँचा नगरपालिका ७ गणेशपुर कि १८ महिनाको बालिकाको बलात्कार पछी हत्यागरी प्लाष्टिकमा पोको पारी फालिएको थियो । उक्त घटनाका सँन्दिग्ध आरोपी पक्राउ परे पनि मुलुकमा बलात्कारका घटना दिनहुँ भइरहेका छन ।
यसैका बिरुद्द उनिहरुले प्रर्दशनमा गलत हामी हैन तिमीहरू हो, बलात्कार तिमीहरू गर्ने लुकेर हामी बस्नुपर्ने ? पीडकलाई बचाउनेहरूलाई कारबाही गर, बलात्कार विरुद्धको शिक्षा विद्यालयबाटै सुरू गरौँ, तिमीहरू खुलमखुल्ला हिड्ने हामी भित्रभित्रै पिल्सिने ? बलात्कारको मुद्दालाई राजनैतिक एजेण्डा बनाउ । छोरी चेलीको रक्षा गर्न नारी शक्ति एक हौँ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

बलात्कारका घटना सबै बाहिर आउँदैनन, समाजमा बलात्कारी भन्दा बलात्कृत महिलालाई घृणा गरिएको भन्दै अभियान कर्मिहरुले हरेक बर्ष मार्च १५ लाई बलात्कृत महिला सँगै हामी छौ भन्ने सन्देश सहितको दिवस मनाउने पनि बताएका छन । सामाजिक सन्जाल मार्फत जोडीएका देशभरका करिब १७ हजार श्रीमतीहरुको साझा सँगठनले यो अभियान शुरु गरेको हो । उनिहरुले भोली बलात्कार पछी हत्या गरिएकी १८ महिने शिशुको आमा बुवालाई आर्थिक सहयोग समेत गर्ने बताएका छन ।
स्वतस्फूर्तमा रुपमा प्रदर्शनमा सहभागी भएका महिलाहरूले बलात्कार पछि हत्या गरिएका महिलाहरूको सम्झनामा दीप प्रज्वलन गरेका थिए ।

