गोकर्णेश्वर नगरपालिकाले चैत १८ मा राष्ट्रिय हाँस्यव्यङ्ग्य विशेष कविता प्रतियोगिता गर्ने

NewsBankNepal Banner Headline with Image , News/समाचार , साहित्य , ४ वर्ष अगाडि

काठमाडाैं । गोकर्णेश्वर नगरपालिकाले नयाँ वर्षको अवसर पारेर राष्ट्रिय हाँस्यव्यङ्ग्य विशेष कविता प्रतियोगिता गर्ने भएको छ । विभिन्न पाँचवटा साहित्य समूहसँगकाे समन्वयमा  नगरपालिकाले यही चैत १८ गते नगरपालिकाको वडा नं. ९ स्थित आरुबारी चोकमा प्रतियाेगिता गर्न लागेकाे हाे ।  

नगरपालिकाले मंगलबार कार्यालयमा पत्रकार सम्मेलन गरेर यही चैत १० गतेभित्र नगरपालिकाको शिक्षा शाखामा आइपुग्ने गरी कविता पठाउन पनि सम्बन्धित सबैमा आह्वान समेत गरेकाे छ । इमेलबाट समेत कविता पठाउन सकिने छ । प्राप्त रचनालाई विज्ञ समूहले मूल्याङ्कन गरी प्रतियोगितामा वाचनका लागि छनोट गर्ने व्यवस्था मिलाईएको छ ।  

कविता २०० शब्दमा नबढाइ लेख्नुपर्ने र यसअघि कतै प्रकाशित एवं वाचन नगरिएको हुनुपर्ने जनाइएकाे छ ।उक्त प्रतियोगितामा पहिलो हुनेलाई रु ५० हजार, दोस्रोलाई रु ३० हजार, तेस्रोलाई रु २० हजार र सान्त्वनास्वरुप तीन जनालाई जनही रु १० हजार पुरस्कार प्रदान गरिने नगरपालिकाले जनाएको छ ।

  कार्यक्रमका संयाेजक  एवं वरिष्ठ पत्रकार विजय चालिसेले गाेकर्णेश्वर नगरपालिका साहित्यिक र सांस्कृतिक गतिविधिमा वि.स २०१६ सालदेखि नै हुँदै क्रियाशील गरेकाे चर्चा गरे । उनले रमेश विकल र भैरव अर्याल जस्ता नेपाली साहित्यका शिर्षस्त पुरूषहरूकाे जन्म भएकाे यस ठाउँलाई साहित्यिक रूपमा पनि क्रियाशील गराइराख्न हाँस्यव्यङ्ग्य विशेष कविता प्रतियोगिता गर्न लागेकाे जानकारी गराए ।  

यस्तै, नगरप्रमुख सन्तोष चालिसेले विगतमा पनि कवि गाेष्ठि,नाटक लगायतका साहित्यिक कार्यक्रमहरू हुने गरेकाे स्मरण गर्दै त्यसैलाई जाेड्दै अगाडि लैजान यस्ता किसिमकाे  विशेष कविता प्रतियाेगिता गर्न लागेकाे पत्रकार सम्मेलनमा जानकारी गराए ।साहित्यभित्र धेरै ठूला कुरा हुने हुँदा साहित्यिक व्यक्तिहरूलाई सम्मान नगर्नु अन्याय हुने उनकाे भनाइ थियाे ।   साथै उनले सहित्यिक लगायतका क्षेत्रमा गाेकर्णेश्वर नगरपालिका मुलुकमै अग्रणी स्थानमा रहेकाे दावी समेत गरे । गाेकर्णेश्वर नगरपालिकाले कसैले गर्न नसकेकाे स्थानीय पुस्तक निकालेर कक्षा १ देखि ८ सम्म अनिर्वाय रूपमा लागू गरेकाे पनि चर्चा गरे ।

  सामाजिक क्षेत्रमा पनि उत्तिकै सन्ताेषजनक काम भएकाे उनले सुनाए । उनले पाँच जना महिला खाेज्न गाह्राे भएकाे अवस्थामा अहिले नगरपालिकाभित्र पाँच सय महिला समूह रहेकाे र उनीहरूलाई सिप सँगै राेजगारीकाे अवसर प्रदान गरेकाे बताए ।  

No description available.