वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गर्ने गरी स्थानीय निर्वाचनको तालिका सार्बजनिक

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , प्रदेश , प्रवास , स्थानीय निर्वाचन , ३ वर्ष अगाडि

काठमाण्डौ, ४ चैत्र । बैशाख ११ र १२ गते उम्मेद्दवारी दर्ता गर्नेगरी निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको कार्यक्रम सार्वजनिक गरेको छ । आयोगले २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कार्यक्रम सार्वजनिक गरेको हो । आयोगका अनुसार उजुरी दर्ता, त्यसमाथि जाँचबुझ लगायतको प्रक्रिया पूरा गरेर वैशाख १५ गने उम्मेदवारको नामामावली सार्वजनिक हुने छ ।

उम्मेदवारले नाम फिर्ता लिन चाहे १६ गते ५ बजे भित्र फिर्ता लिन सकिनेछ भने त्यही दिन साँझ ६ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिनेछ । १७ गते चुनाव चिन्ह प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ ।
यस्तै वैशाख ३० गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान कार्यक्रम तय गरिएकोमा त्यसको ४८ घण्टा पहिले अर्थात बैशाख २७ गते राति १२ बजे देखी मौन अबधि शुरुहुने पनि निर्वाचन तालिकामा उल्लेख छ ।