‘ बिकाशका मोडल तयार गर्दा प्रभाबित क्षेत्रलाई प्राथमिकतामा राख्नु पर्छ’ – मेयर थापा

Dipak Pudasaini Latest Update , News/समाचार , प्रदेश , प्रविधि , स्वास्थ्य , ३ वर्ष अगाडि

काठमाण्डौ,५ चैत्र । राज्यले बिकाशका मोडल तयार गर्दा प्रभाबित क्षेत्रको हितलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने कागेश्वरी मनोहरा नगरपालीकाका प्रमुख कृष्णहरि थापाले बताउनु भएको छ ।

नेपाल रेडक्रस सोसाईटी कागेश्वरी मनोहरा उपशाखाको १८ औ साधारण सभालाई सँम्बोधन गर्दै नगर प्रमुख थापाले मेलाम्ची खानेपानीको उदाहरण दिदै मेलाम्ची खानेपानी आयोजनाको कामले सबैभन्दा बढी प्रभाब गोकर्णेश्वर कागेश्वरीमा पर्ने तर पानी बितरण भने पहिले चक्रपथ भित्रमात्रै गर्ने निति प्रति असन्तुष्टि जनाउँदै हरेक बिकास निर्माणमा प्रभाबित क्षेत्रलाई पहिलो लाभ पाउने क्षेत्रको रुपमा मोडल तयार गर्नुपर्ने बताउनु भएको हो ।


मुलपानी नगर अस्पतालमा ब्लडबैक स्थापनाकोलागी आबश्यक सामाग्री खरिदकोलागी टेण्डर आब्हान गर्ने निर्णय भै सकेको बताउँदै नगर प्रमुख थापाले मुलपानी अस्पताललाई कागेश्वरी मनोहरा नगर अस्पताल बनाउने प्रक्रिया आरम्भ भएको साथै आबश्यकता अनुरुप नब निर्मित भद्रवास स्वास्थकेन्द्रमा समेत ब्लडबैक सन्चालन गर्न सकिने बताउनु भयो ।

उहांले नगरपालिकाले बिपद ब्यबस्थापनका लागी आबश्यक पर्ने सामान खरिदको प्रक्रिया अगाडी बढाएको समेत जानकारी दिनुभयो ।


उपशाखाका सभापति बासुदेब पौडेलको सभापतित्वमा संम्पन्न साधारण सभामा नेपाल रेडक्रस सोसाईटी बागमती प्रदेशका महासचिब रामजी पौडेलले कसैको जिबन बचाउनुनै रेडक्रसकर्मीको पहिलो कर्तब्य भएको बताउँदै । आपत बिपतको साथी रेडक्रसलाई जनप्रतिनिधीको पनि साथ र सहयोग रहेकोमा आभार ब्यक्त गर्नु भएको थियो ।


हामिले सानो सहयोग उपलब्ध गराएका थियौ तर कागेश्वरी मनोहरा उपशाखाले स्थानिय बासिन्दा नगरपालीका तथा संघ संस्थाहरु सँग हातेमालो गर्दै ठुलै सफलता प्राप्त गरेकोमा आफुलाई खुसिलागेको नेपाल रेडक्रस सोसाईटी काठमाण्डौ जिल्ला शाखाका सभापति मथुराराम श्रेष्ठले बताउनु भयो ।


चन्दा उठाएर सामाजीक कामगर्दै आईरहेको रेडक्रसको नियमित कार्यालय सन्चालनका लागी नगरपालीकालेनै बार्षिक बजेटको ब्यबस्था गर्नुपर्ने हजुरको त्रिबेणि बचत तथा ऋण सहकारी सँस्थाका अध्यक्ष सनोज भटराईले अपेक्षा गर्नुभयो । त्यसैगरी कागेश्वरी मनोहरा नगरपालीका अन्तरगतको बिपद ब्यबस्थापन समितीका सँयोजक एबँ ३ नँ वडाका अध्यक्ष राममणी पुडासैनीले मानविय बिपत्तिमा सधै अग्रमोर्चामा खटीने रेडक्रसकर्मीलाई युद्द मैदानमा पनि सम्मान मिल्ने र सुरक्षा नचाहिने बताउँदै नगरपालीका भित्र हुने बिपदका घटनाको ब्यबस्थापनका लागी आबश्यक तयारी भईरहेका जानकारी दिनुभयो ।
८०० प्रिन्ट रगत सँकलन


सचिब लक्ष्मी प्रसाद कुँइकेलका अनुसार एक बर्षको अबधिमा उपशाखाको समन्वय तथा बिभिन्न १६ सँस्थाको आयोजनामा भएको रक्तदानमा ८ सय प्रिन्ट रगत संकलन गरी नेपाल रेडक्रस सोसाईटी भक्तपुर द्दवारा सन्चालित ब्लडबैकमा पठाईएको छ । बिगत १ बर्षको अबधिमा रक्तदान कार्यक्रम आयोजना गर्ने संस्थाहरुलाई पनि उक्त अबसरमा सम्मान पत्र द्दवारा सम्मानित गरिएको थियो । रक्तदानकार्यक्रममा सहकार्य गर्ने सँस्थाहरुमा ब्रम्हदिप युवा क्लब, चौतारी साकोस, मनास्लु वल्ड स्कुल, बजरँगबली साकोस, बम्बुको बहुउदेश्यि सहकारी, अल्पाईन एकेडेमी, बुद्द ट्याक्सी ब्यबसायी सँघ, जनएकता बहुउदेश्यि सहकारी सँस्था, नब कान्तिभैरब बहुउदेश्यि सहकारी संघ, सृजनाटोल युथ क्लब, मदन भण्डारी फाउण्डेसन गोकर्णेश्वर नगर कमिटी, जनसुरक्षा कृषी सहकारी, नेशनल लाईफ इन्सुरेन्स, जागरुक युवा समाज नेपाल, वाईसिएल नेपाल कामनपा ४ नँ वडा कमिटी लगायत छन ।


छात्रबृत्ति प्रदान
१८औ साधारण सभाको अबसरमा उपशाखाले स्थापना गरेको अक्षयकोषबाट चलन्टार आधारभुत बिधालयमा अध्यनरत २ जना जेहेन्दार बिधार्थीहरु बर्षा कार्की र दिप्सन ढुँगानालाई प्रति बिधार्थी ३ हजारका दरले कृष्णहरी मानन्धर स्मृती छात्रबृत्ती स्व. कृष्णहरी मानन्धरकी धर्मपत्नी बिना मानन्धरले हस्तान्तरण गर्नुभएको थियो ।


त्यस्तै नेपाल रेडक्रस सोसाइटी बागमती प्रदेशका महासचिब रामजी पौडेलले नगर प्रमुख कृष्णहरि थापा तथा चन्द्र केसीलाई रेडक्रसको यसस्कर सदस्यता प्रदान गर्नुभएको थियो ।

त्यसैगरी प्रमुुख अतिथी नगर प्रमुख कृष्णहरी थापाले कोरोना कहरमा आफ्नो तथा परिवारको जिबन जोखिममा राखी उत्कृष्ठ मानबिय कार्यगर्ने सहदेब केसी, अमृत थापा, रमिला कार्की, अजित सापकोटा, दिपक केसी तथा सोयना केसी लाई सम्मान गरिएको थियो भने रक्तदानकार्यक्रमा सहयोग एबँ समाचार सँँम्प्रेषण गरेबापत न्यूजबैक नेपालका सम्पादक दिपक पुडासैनीलाई सम्मान गरिएको थियो ।


शाखाका उप सभापती हरिशरण ढकालले स्वागत गर्नु भएको कार्यक्रममा कोषाध्यक्ष शँकर प्रसाद पौडेलले आर्थिक प्रतिबेदन पेश गर्नुभएको थियो ।