काठमाडाैं । आगामी स्थानीय तह चुनावका लागि आजदेखि म्यादी प्रहरीकाे भर्ना खुलेको छ ।४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो ।
१८ वर्ष पूरा भएका र ५४ वर्ष ननाघेका इच्छुक व्यक्तिले प्रहरी स्वास्थ्य मापदण्ड बमाेजिम चैत ११ गतेसम्म भर्नाका लागि आवेदन दिन सक्नेछन् । म्यादी प्रहरीले प्रहरी जवानसरह नै सेवा सुविधा पाउनेछन्।
म्यादी प्रहरीमा भर्ना हुन सबै जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन सकिनेछ । म्यादी प्रहरीको प्रशिक्षण आउँदो २८ गतेदेखि ७ दिनकाे हुने छ । ४० दिनको ७ हजार रुपैयाँ रासन भत्ता, पोसाक भत्ता ६ हजार र एक हजार रुपैयाँ यातायात खर्च पाउने छन्।
आगामी वैशाख ३० गते हुने स्थानीय चुनावका लागि एक लाख जना म्यादी प्रहरी माग गर्न लागिएकाे हाे ।