पद बाँडफाँडमा सहमति भएसँगै एनरआएनएमा देखिएकाे विवाद तत्काललाई अन्त्य

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , प्रवास , ४ वर्ष अगाडि

काठमाडाैं । विगत ६ महिना देखि गैरआवासीय नेपाली संघ (एनरआएनए) मा देखिएकाे विवाद तत्कालका लागि अन्त्य भएकाे छ । आगामी महाधिवेशनले विधान संशोधन गर्दै एकभन्दा बढी अध्यक्ष हुन सक्ने बाटो खोल्ने गरी दुई पक्षबीच सहमति भएसँगै विवाद अन्त्य भएको हो ।

 दुई पक्षबीच सहमति जुटेपछि शेष घले पक्षको छुट्टै महाधिवेशन रोक्ने र अदालतमा रहेको मुद्दा पनि फिर्ता लिएर तोकिएकै समय अर्थात २४ र २५ तारिकको चुनाव तथा त्यसपछिको महाधिवेशन एकताको महाधिवेशनको रूपमा गर्न दुवै पक्ष सहमत भएका छन् ।

No description available.

दुई पक्षबीच विवाद समाधान भएपछि संघले पत्रकार सम्मेलन गरेर यसको जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष कुमार पन्तले आफू सदैव सहमतिकै पक्षमा रहेको भन्दै महाधिवेशन नै सर्वोच्च निकाय भएका कारण महाधिवेशनमा नै अध्यक्षका प्रत्यासीहरुले आफ्नो प्रस्ताव राख्ने र त्यहिंबाट प्रतिनिधिहरुले निर्णय गर्ने बताए ।

यस्तै अध्यक्षका प्रत्यासी बद्री केसीले सहमतिय प्रणालीबाट नेतृत्व छान्न अध्यक्षका तीनैजना प्रतिस्पर्धी सहमत भएको बताए । उनले साे अवसरमा सहमतिको बुँदा पढेर सुनाएका थिए । 

 अर्का प्रत्यासी कुल आचार्यले पनि अाफू सहमतिकै पक्षमा रहेकाे दाेह¥याए ।

यस्तै साे अवसरमा अध्यक्षकी अर्की प्रतिस्पर्धी रविना थापाले आफू सहमतिमा वाधक नबन्ने बताइन् ।

 धाँधली गरेको भन्दै कुल आचार्य समूहले सुरुमा परराष्ट मन्त्रालयमा निवेदन हालेको थियो । मन्त्रालयले हस्तक्षेप गरेर तत्काल निर्वाचन कार्यक्रम अगाडी बढाउन रोकेपछि अध्यक्ष कुमार पन्त त्यसविरुद्द अदालत गएका थिए ।

अदालतले निर्वाचन कार्यक्रम नरोक्न आदेश दिएको थियो । संघले निर्वाचनको मिति तोकेर प्रकृया अगाडी बढाएपछि पुन अदालतमा रिट परेको थियो । त्यसमा अल्पकालिन आदेश जारी गर्दै पाटन उच्च अदालतले आगामी चैत्र ९ गते दुवै पक्षलाई छलफलमा बोलाएकाे छ ।

No description available.