एनआरएनको दशौ महाअबिधेशन चैत्र १२ र १३ मा हुने तय

Dipak Pudasaini Banner Headline with Image , Business/अर्थ ब्यापार , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , प्रवास , ३ वर्ष अगाडि

अध्यक्ष आलोपालो अन्यपद दोहोरो बनाउँदै बिधान सँसोधनको तयारी

काठमाण्डौ, ११ चैत्र । लामो रस्साकस्सी बादबिबाद, सरकार तथा अदालतको मथिङ्गल छिचोल्दै अन्ततह भोलि र पर्सी एनआरएनको १० अबिधेशन सँम्पन्न हुने भएको छ । बिभिन्न देशबाट भएको निर्बाचन प्रतिनिधी छनौट बिबादले गत अक्टोबरमै सँम्पन्न हुनुपर्ने महाधिबेशन रोकिएको थियो ।
भोली र पर्सी सँम्मन्न हुने अधिेशनले बिधानमा सँसोधन गर्ने तयारी समेत गरेको छ । न्यूजबैक नेपाल डटकमलाई प्राप्त जानकारी अनुसार ( पुन फेरबदल नभएमा ) अध्यक्षमा कुल आचार्य, बद्रि केसी तथा रबीना थापा हरेकले बाँकी १८ महिनालाई ६ ६ महिना चलाउने सहमती भएको छ ।
त्यसैगरी उपाध्यक्ष ८ जना, महिला उपाध्यक्ष २ जना, युवा उपाध्यक्ष २ जना, महासचिब २ जना, सचिब ८ जना, महिला सचिब २ जना, कोषाध्यक्ष २ जना, सहकोषाध्यक्ष ३ जना, महिला सहकोषाध्यक्ष २ जना, प्रबक्ता २ जना, महिला सँयोजक २ जना, तथा युवा सँयोजक २ जना रहने गरी बिधान सँसोधनको तयारी गरेको छ ।
यो पद २०२१ २३ कार्यकालको लागीमात्रै सिर्जना गरेको र कार्यकाल समाप्ती सँगै पद स्तह खारेज गर्ने गरी मस्यौदा गरेको पनि जानकारी प्राप्त भएको छ ।
महाअधिबेशनको उद्घाटन राष्ट्रपति बिधादेबी भण्डारी तथा समापान प्रधानमन्त्री शेर बहादुर देउवाले गर्नुहुने तय भएको छ ।