३ पाइलट ९२ क्रु सहित एनआरएनएको सुपरजेट तयार, जहाज आलोपालो चलाउने सहमति

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , Politics/राजनीति , प्रवास , ३ वर्ष अगाडि

काठमाण्डौ १४ चैत्र । बिगत ७ महिनाको बिबाद पछी अन्नतह एनआरएनको १० औ महाअधिबेशन हिजो सँम्पन्न भएको छ । ८५ भन्दा बढि देशमा सन्जाल बिस्तार भएको एनआरएनको हिजो सँम्पन्न अबिधेशनले बिबाद समाधान हेतु बिधान सँसोधन गरेर तिन अध्यक्ष सहित ९५ पदाधिकारी रहने ब्यबस्था सहित सँम्पुर्ण पदाधिकारीहरु सर्बसँम्मत चयन गरेको छ ।
महाधिबेशन उद्घाटन समारोहमा गृहमन्त्री बालकृष्ण खाँडले भने जस्तै एनआरएन अब सुपरजेट जहाज बनेको छ । जसमा अब ३ पाइलट र ९२ जना क्रु रहने छन ।
अस्ती र हिजो सँम्पन्न १० औ विश्व सम्मेलन तथा महाधिवेशनले कुल आचार्य, रविना थापा र बद्री केसीलाई अध्यक्षतामा सर्वसम्मतले चयन गरेको थियो ।
नवनिर्वाचित कार्यसमितिको ११ जना उपाध्यक्षमा महेश श्रेष्ठ, हेमराज शर्मा, आरके शर्मा, डिबी क्षेत्री, रोविन्द प्रसाद श्रेष्ठ, नारायण आचार्य, नरेन्द्र भाट, धर्मराज अधिकारी, भुषण घिमिरे, दुर्गा आचार्य र जयप्रकाश गुरुङ चयन भएका छन भने महिला उपाध्यक्षमा डा. विष्णुमाया परियार र यश्मिन वेगम तथा युवा उपाध्यक्षमा राज रेग्मी, हिमाल गुरुंग र रोशन थापा चयन भएका छन ।
२ जना महासचिवमा डा.केशव पौडेल र गौरीराज जोशी, ६ जना उपमहासचिवमा गणेश केसी, देवी बस्नेत, नारायण काफ्ले, ओम गुरुङ, रामशरण सिंखडा र विनय अधिकारी, सचिवमा प्रबिण गुरुंग, खगेन्द्र न्यौपाने, चिरञ्जिीवि घिमिरे, गंगाधर गौतम, शंकर खडका, अभिमानसिंह बस्नेत, प्रमोद सिटौला, गोविन्द गौतम, होम पाण्डे र राजन त्रिपाठि तथा महिला सचिवमा डा. अलिनी पोखरेल र टिका गुरुङ चयन भएकाछन ।
यसैगरी कोषाध्यक्षमा लोक दाहाल,सुनील शाह र फणिन्द्रमणि पोखरेल सहकोषाध्यक्षमा दिपक शर्मा, होमनाथ शर्मा, कृष्ण तिमिल्सिना, लाल केसी र मिलन छन्त्याल, नारायण सुवेदी, टंक गैरे र यज्ञ सुवेदी चयन भए । यस्तै महिला सहकोषाध्यक्षमा अमृता थापा, यमुना भट्टराई र योगिता थापा चयन भएका छन । युवा संयोजकमा अब्दुल वासीद र रविन्द्र खडका तथा महिला संयोजकमा विमला सापकोटा र संगिता मरहठठा चयन भए । प्रवक्तामा सोम सापकोटा र शिव बडुवाल चयन भएका छन ।


महाधिवेशनले ६ क्षेत्रका क्षेत्रीय समितिहरु पनि सर्वसम्मतिमा चयन गरेको छ । जसअनुसार मध्यपुर्व क्षेत्रका लागि संयोजकमा मनोज कुमार श्रेस्ठ’गोर्खाली’,राजेन्द्र अर्याल ‘जोन’ र क्षेत्रीय उपसंयोजकमा राजु शर्मा,अमित चाम्लिङ, लाल बहादुर पुन र केबी हमाल छन । महिला संयोजकमा सरिता भण्डारी , संगिता कार्की छन भने महिला सह संयोजकमा बन्दना सापकोटा शर्मा र सानोबेर जहान निर्वाचित छानिएका छन । यसैगरि मध्यपुर्व युवा संयोजकमा सुभाश केसी ,बालकृष्ण मरासिनी र युवा सहसंयोजकमा विजय धामी तथा मिनराज वाग्ले चयन भएका छन ।
एशिया प्रशान्त क्षेत्रका लागि क्षेत्रीय संयोजकमा पारसमणि पोखरेल, डिपी कँडेल र सह संयोजकमा हरि भट्टराई,दिपक कँडेल,नविन बिके, दधिवाल खडका र युवराज न्यौपाने रहेका छन । महिला संयोजकमा शान्ति अधिकारी र महिला उपसंयोजकमा ईन्दिरा तिवारी रहेकी छन भने युवा संयोजकमा सुरेश गिरी र युवा उपसंयोजक रन्जनराज कुवर सर्वसम्मत भएका छन ।
युरोप क्षेत्रका लागि क्षेत्रीय संयोजकमा चिन्तामणी सापकोटा, सन्तोश भट्टराई र उपसंयोजकमा तिलक गैरे, चित्र सुवेदी, दयानिधि सापकोटा, ललित न्यौपाने, डा। नवराज रोस्यारा, सागर लामा र सागर सुवेदी रहेका छन । यस्तै महिला संयोजकमा वर्षा खड्का , पार्वती मल्ल र महिला सहसंयोजकमा नुनिता सापकोटा र सुनिता थापा रहेका छन । युवा संयोजकमा रमेश काफ्ले, किरण गुरुङ र युवा सहसंयोजकमा रोबर्ट लिम्बु र दीपक न्यौपाने रहेका छन ।
अमेरिका क्षेत्रीय संयोजकमा राम सि पोखरेल र प्रकाश सापकोटा , सह संयोजकमा अभिमन्यु बस्नेत,तुला भट्टचन, पुरुसोत्तम बोहोरा, राम कुमार सुबेदी र पशुपती पाण्डे निर्वाचित भएका छन । यसैगरि महिला संयोजक बन्दना कोइराला, तृष्णा शर्मा र महिला सहसंयोजकमा ईन्दिरा त्रिपाठी रहेका छन । युवा संयोजकमा स्वरस खाती र बिनोद रुवाली रहेका छन भने युवा उपसंयोजकमा ईश्वर खत्री चुनीएका छन ।

त्यसैगरि अफ्रिका क्षेत्रका लागि क्षेत्रीय संयोजकमा कृष्णदत्त भट्ट र राज कुमार थापा रहेका छन भने उपसंयोजकमा पद्मा भण्डारी र आर पी पन्त रहेका छन । महिला संयोजकमा केसना लिम्बु , डा। सरिता र महिला उपसंयोजकमा खुस्बु घिमिरे रहेकी छन । यस्तै युवा संयोजकमा सागर उप्रेती चयन भएका छन ।
ओसेनिया क्षेत्रका लागि क्षेत्रीय संयोजकमा दिनेश जोशी र केशव सापकोटा रहेका छन भने क्षेत्रीय उपसंयोजकमा रामराज ओली, अशोक केसी, सन्तोस कुँवर र धनश्याम सापकोटा छन भने महिला संयोजकमा उषाकिरण बानिया, युवा संयोजकमा प्रदिप रुपाखेती र युवा सहसंयोजकमा आर्सद अहमद मनोनित भएका छन ।