काठमाडाैं ।नेपाल विश्वकै प्रदूषित देशको सूचीमा १० औँ स्थानमा रहँदा काठमाडाैं विश्वकै प्रदूषित सहरकाे छैठौँ स्थानमा परेको छ। वायुको अनुगमन गर्ने स्वीस कम्पनी आइक्युएयरले सार्वजनिक गरेको सूचीमा काठमाडौं विश्वको छैठौँ प्रदूषित सहर बनेको छ।
काठमाडौंमा हावाको गुणस्तर अस्वस्थकर रहेको छ। मंगलबार काठमाडौंको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १ सय ६१ रहेको छ। एक सय ५० भन्दा माथि दुई सयसम्मलाई अस्वस्थकर र त्यसभन्दा माथि तीन सयसम्मलाई अति अस्वस्थकर मानिन्छ।सामान्यतया ० देखि ५० सम्मको एक्यूआईलाई राम्रो मानिन्छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार जमिन तातेर हावासँगैका कण वायुमण्डलमा रहँदा तुवाँलो जस्तै देखिएको छ।काठमाडौंको आकाश मंगलबार पनि धुम्मिएको छ। मौसमविद् हिरा भट्टराईका अनुसार अझै एक–दुई दिन मैसम खुल्ने सम्भावना न्यून रहेको छ।
गत वर्ष पनि नेपालमा वायु प्रदूषणको मात्रा बढी भएका कारण विद्यालय बन्द नै गर्नुपरेको थियो। उपत्यकामा यसरी प्रदूषण बढ्नुको मुख्य कारण पुराना सवारी साधनलाई मानिएको छ।

