स्थानीय तह निर्वाचनमा ठेकेदारले उम्मेदवारी दिन नपाउने

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , ४ वर्ष अगाडि

काठमाडाैं ।निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारले स्वघोषणा गर्नुपर्ने व्यवस्था गरेको छ ।आफूले गरेको स्वघोषणा प्रति उम्मेदवार स्वयम् जिम्मेवार हुनुपर्ने नयाँ व्यवस्था आयोगले गरेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार उम्मेदवारको मनोनयन–पत्र साथ १९ बुँदाको स्वघोषणा गर्नुपर्ने छ । 

प्रवक्ता पौडेलका अनुसार बुधबार बसेको आयोग बैठकले स्थानीय तहसँग सम्बन्धित कानुनी तथा कार्यविधिगत व्यवस्थालाई व्यवस्थित गर्न आयोगले स्थानीय तह निर्वाचन निर्देशिका, २०७९ जारी गरेको छ ।यसैगरी, ठेक्कापट्टा वा चलअचल सम्पत्तिमा संलग्न रहेका व्यक्ति उम्मेदवार हुन नपाउने निर्णय आयोगले गरेको छ ।

आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र साथ पेस गर्नुपर्ने १९ बुँदे स्वघोषणाका बुँदाहरुमा नेपालको संविधानप्रति पूर्ण निष्ठावान रहेको, २१ वर्ष पूरा भएको नेपाली नागरिक भएको, सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको, सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने गरी कुनै लाभको पद धारण नगरेको लगायत छन् ।