काठमाडाैं । आगामी स्थानीय तह निर्वाचनमा नेकपा एमालेसँग पाँच दलीय गठबन्धनकाे प्रतिस्पर्धा हुने भएकाे छ ।
बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा तालमेल गरेर अगाडि बढ्ने निर्णय गरेसँगै दुइ पक्षबीच प्रतिस्पर्धा हुने निश्चित भएकाे हाे ।
‘महानगर र उपमहानगरको उम्मेदवार केन्द्रबाट गर्ने र तल्ला निकायहरुको सन्दर्भमा तलकै निकायबाट तालमेल गर्ने निर्णय पनि बैठकले गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।त्यसको लागि पाँचै दलले एउटा परिपत्र जारी गर्ने भएको छ ।
‘यसका लागि प्रदेश प्रमुख, जिल्लास्तरीय प्रमुख र गाउँपालिका प्रमुखहरुको संयन्त्र बन्ने र यस संयन्त्रले चैत २२ भित्र प्रदेश, जिल्ला र गाउँपालिकामा पाँच दलको अवस्था कस्तो छ, भन्नेबारे केन्द्रलाई विस्तृत रुपमा प्रतिवेदन पेश गर्ने प्रवक्ता कार्कीले बताए ।
त्यस्तै, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले आगामी स्थानीय तह निर्वाचनमा एकताबद्ध पाँच दलबीच मात्रै गर्ने, अरु दलसँग नगर्ने निर्णय भएको बताए ।

