द्विपक्षी संयन्त्रमार्फत सीमा विवाद समाधान गर्न भारतीय समकक्षी समक्ष प्रधानमन्त्री देउवाकाे आग्रह

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

नयाँदिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवाले सीमा विवाद द्विपक्षी संयन्त्रमार्फत समाधान गर्न भारतीय समकक्षी समक्ष आग्रह गरेका छन् ।

शनिबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपाल–भारतबीचको सीमा विवाद विषयलाई द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्न आफूले समकक्षी नरेन्द्र मोदीसँग छलफल गरेको बताए ।

प्रधानमन्त्री देउवाले भने, ‘हामीले सीमा विषयका बारेमा छलफल गर्यौं । मैले मोदीजीलाई यो विषय द्पिक्षीय संयन्त्रमार्फत समाधान गर्नका लागि आग्रह गरेका छु ।,’

भारतीय प्रधानमन्त्री मोदीले पनि सीमा समस्या द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्न प्रस्ताव गरेका छन् । पछिल्लो समय नेपाल–भारतबीच सीमा विवादका कारणले समस्या भइरहेको छ । दुई देशबीच सीमा समस्या समाधानको लागि पटक–पटक पहल भएपनि अघि बढ्न सकेको छैन ।’

भारतीय प्रधानमन्त्री मोदीले नेपाल र भारतबीचको मित्रता र नागरिकबीचको सम्बन्ध जस्तो उदाहरण विश्वमै कहीँ देख्न नपाउने बताए । ‘भारत र नेपालबीचको मित्रता, हाम्रा नागरिकबीचको सम्बन्धकाे उदाहारण विश्वमै कहीँ देख्न पाइँदैन ।,’ मोदीले भने दुई देशको सभ्यता, संस्कृति आदानप्रदानको धागो प्राचीन कालबाटै जोडिएको छ ।

यसैगरी, भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शेरबाहादुर देउवासँग भएको भेटमा पञ्चेश्वर परियोजनालाई तीव्र गतिमा अघि बढाउने सहमति भएको भएकाे छ । आपसी सहयोग, विकास परियोजनाहरुको अहिलेसम्मको समीक्षा र भविष्यको रुपरेखाबारे पनि छलफल भएकाे बताइएकाे छ । तीनदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा भाेलि स्वदेश फर्कदैछन् ।