देउवा र मोदीले हरियो झन्डा देखाएपछि गुड्याे नेपाली रेल

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Bank , Photo Gallery , ३ वर्ष अगाडि

धनुषा । बहुप्रतिक्षित नेपाली रेलको शनिबार उद्घाटन भएको छ । 

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा हरियो झण्डा देखाएपछि जयनगरबाट रेल कुर्थाका लागि प्रस्थान गरेको छ । दुवै प्रधानमन्त्रीले भारतको राजधानी दिल्लीस्थित हैदरावाद हाउसबाट भर्चुअल माध्यमले हरियो झण्डा देखाएका हुन् ।

जगनगरबाट कुर्था हिँडेको रेल घुमेर जनकपुरधाम स्टेशनमा आएपछि औपचारिक उद्घाटन कार्यक्रम भएकाे छ ।उद्घाटनअघि रेललाई फूल लगाएर दुलही झैं सिंगारिएको थियो । लामो समयसम्म रेल पालले छोपेर राखिएको थियो ।