तिमी सूर्यमुखी फूल हौ म हुं पारीजात, सूर्य संगै फूल्छौ तिमी म पर्खन्छु रात

Dipak Pudasaini Entertainment/मनोरञ्जन , Latest Update , साहित्य , ३ वर्ष अगाडि

काठमाण्डौं, २० चैत्र । हालै डि. एल फिल्मस ले बजारमा ल्याएको कृति न्यौपानेको संगीत र सूजाता बर्माले गाएको सदाबहार गित तिमी सूर्यमुखी फूल हौ म हुं पारीजात, सूर्य संगै फूल्छौ तिमी म पर्खन्छु रात । अति नै मर्मपर्शी, शब्द चयनका हिसाबले पनि अति नै मिठास पुर्ण, सान्दर्भिक र यथार्थ परक देखिन्छ । सूर्यमुखी फूल सधै दिनमा फूल्ने र सांझमा ओईलाउने गर्दछ भने पारिजात सधै रातमा फूल्ने र बिहान झर्ने गर्दछ । यीनै दुई फूलको माया प्रीतिलाई आधार बनायर गीतको श्रृजना गीतकार गोबिन्द कुइँकेलले गरेका छन ।

गीतकारका पक्तीमा स्थापीत भै सकेका कुइँकेलले रचना गरेका उत्कृष्ट गीतहरुमा आनन्द कार्की, मिलन अमात्य, स्वरुप राज आचार्य, दिबाकर शर्मा, सूजाता बर्मा, मेलिना राई, प्रताप दाश, अनु चौधरी, मेलिना राई, अस्मिता अधिकारी, किरण भूजेल, बेनिशा पौडेल, पुष्कर सुनुवार लगायत स्थापित गायक गायीकाले स्वर दिनुका साथै उदय शमसेर, राजु सिंह , शक्ति बल्लभ, शिखर सन्तोष,कृति न्यौपाने, प्रमोद निर्माण, डिबी लामा जस्ता उत्कृष्ट संगीतकारहरुले संगीत दिनु भएको छ ।

शब्द चयनका हिसाबले मिठास पूर्ण शब्दका माला बुन्न सफल गीतकार कुइँकेलका सुजाता बर्माले गायको सूर्यमुखी जस्तै उनैले गायको ूचन्द्रमा दाग छ हजुर सूर्यमानी खोट होला। मुस्कुराउदै हिडे पनि म भित्र नी चोट होला । आानन्द कार्की र मिलन अमात्यको स्वर रहेको भूलेरै नगर्नुस यहाँ माया कसैलाई यहाँ ईमान बेचिन्छ जमान बेचिन्छ । मेलिना राईलेको सजिएको मुर्ति देख्यौ भित्र भित्रै टुटेको थे, त्यो सिउदो के अर्थ भो बाध्यतामा फसेको थे । स्वरुप राज आचार्यको नशा देखि टाढै बस भन्थ्यौ सधै साथ हुदा, नशा आज प्यारो भयो तिमीले साथ छोडिदिदा दिबाकर शर्माको अब मायाको कुरा गर्दै नगर्नु कहानी भै सक्यो, तिमीले जलाउन खोजेको मान्छे खरानी भै सक्यो । जस्ता मार्मिक हृदयश्पर्शी शब्दका साथै हालै प्रताप दास र अनु चौधरीले गाएको चर्चित गीत मन दियौ मुटु दियौ माया दियौ मलाई किरण भूजेल र अस्मिता अधिकारीको स्वरमा चल््यो चल्यो बतास चल््यो मेरो केश उडायो । पुष्कर सुनुवार र बेनिशा पौडेलको तिम्रो मुटु मेरो घर हो प्रिय सधै सधै मलाई बस्न देउ बास जस्ता रोमान्टिक शब्दहरु श्रृजना गरेका छन ।

मार्मिक तथा रोमान्टिक दुबै प्रकारका शब्दमा उत्तीकै श्रृजनामा कलम चलाउन सफल गीतकार गोबिन्द कुइँकेलको शब्दमा अब केही समय पश्चात बरिष्ठ गायक दिप श्रेष्ठले पनि कृति न्यौपानेको संगीतमा स्वर भर्दै गरेको सर्जक कुइँकेलले जानकारी दिनु भएको छ ।