काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा छिमेकी मुलुक भारतको तीन दिवसीय औपचारिक भ्रमण पूरा गरी आइतबार साँझ स्वदेश फर्केका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री बालकृष्ण खाँणले स्वागत अभिवादन गरे । सो अवसरमा प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।
प्रधानमन्त्री देउवा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणमा गत शुक्रबार भारत भ्रमणमा गएका थिए । उनकाे भारत भ्रमणका क्रममा जनकपुर, जयनगर–कुर्था रेल सुभारम्भ तथा नेपाल–भारत ऊर्जा उत्पादन, विकास र विस्तारलगायत महत्वपूर्ण सम्झौता भएका थिए ।
प्रधानमन्त्री देउवाले विमानस्थालमा संचारकर्मीसँग कुरा गर्दै भारत भ्रमण अत्यन्त सफल भएकाे प्रतिक्रिया दिए।