‘नगर भित्रका हरेक टोलको समस्या बुझेको छु त्यसको समाधानका लागी मेयरमा मैले दोहोर्याउनै पर्छ ‘ – नगर प्रमुख थापा

Dipak Pudasaini Latest Update , Politics/राजनीति , बिचार , स्थानीय निर्वाचन , ३ वर्ष अगाडि

कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कष्णहरि थापाले सोहि पदमा पुन उम्मेद्दवारी दिने बताउनु भएको छ । न्यूजबैक नेपाल सँग कुरागर्दै थापाले आफुले आरम्भ गरेका बिकाश निर्माण लगायत जनजिबिकाको सवालका धेरैकाम सँम्पन्न गर्न बाँकी रहेकाले ति कामहरुलाई पुर्णता दिन पनि आफु पुन नगरको नेतृत्वमा आउन चाहेको बताउनु भयो । उहाँले भन्नुभयो ‘मैले शुरु गरेका धेरैकाम सँम्पन्न हुने चरणमा छन, कतिपय योजना शुरु हुने तयारीमा छन, त्यसैले म अर्को एक कार्यकालको आकाँक्षी हुँ । पार्टीले जिम्मेवारी दिएमा जन चाहना पुरागर्न म तयार छु ।’
आफु पुन मेयर बन्नैपर्ने कारणबारे प्रष्टपार्दै थापाले भन्नुभयो ‘हाम्रो नगरपालिकामा हाल ८ सय ३३ सडक छन जसमध्धे ८० प्रतिशत काम भएको छ भने बाँकी काम पुरा गर्नु छ । हरेक वडामा स्थानिय सुकुम्बासीका लागी १० वटा ३ कोठे पक्कि घर बनाउने योजना छ जसको आरम्भ ९ नँ वडामा २ वटा बनाएर भइसकेको छ भने ५ नँ वडामा शुरु भएको छ त्यसलाई पुरा गर्नु छ ।
वडा वडामा जेष्ठ नागरिक भवन बनाएर उहाँहरुको बिश्राम, अनुभब तथा शिप हस्तान्तरणको योजना छ जसको आरम्भ ८ नँ वडा बाट भएको छ । यसलाई सबै वडामा बिस्तार गर्ने योजना पुरा गर्नु छ ।


मुलपानी अस्पताललाई सय बेड क्षमताको सुबिधा सँम्पन्न नमुना अस्पताल बनाएर नगरवासीलाई सर्बसुलभ स्वास्थ सेवा उपलब्ध गराउने योजना कार्यान्वयनको चरणमा छ यसलाई सँम्पन्न गर्नु छ ।
अब्यबस्थित शहरीकरण रोकेर ब्यबथित र नमुना शहर बनाउने योजना अनुरुप शुरु गरिएको पूर्बी काठमाण्डौ नयाँ शहरि बिकाश आयोजनाको कार्य आरम्भ भई सकेको छ । करिब ४७ अर्ब अनुमानित लागत रहेको यो आयोजनामा कागेश्वरी मनोहराका १,२,३ र ४ गरि ४ वडा वडा समेटिएका छन भने गोकर्णेश्वरको १, २ र ४ गरि ३ वटा वडा तथा शँकारापुर नगरपालिकाको ९ नँ वडा समेटेर बनाउन लागिएको नयाँ शहरको योजनाको प्ररम्भिक काम सकेर कार्यान्वयनका लागी मन्त्रीपरिषदमा स्विकृतीका लागी पठाइ सकेका छौ त्यो पनि पुरागर्नु छ , यसका सथै जनजिवीकाका थुप्रै सवालमा कार्य आरम्भ गरिसेको अबस्थामा त्यो पुरा गरेर मात्रै बिश्राम लिनकालागी मैले थप एक कार्यकालको अपेक्षा गरेको हुँ ।’
बिगत ५ बर्षको कार्यकालमा नगरवासीले सँम्झन लायक काम के गर्नु भयो भन्ने न्यूजबैंकको सवालमा मेयर थापाले भन्नु भयो नयाँ सँबिधान निर्माण पश्चात स्थानिय निकायको पहिलो कार्यकाल भएकोले कानून अभाबका कारण अधिकार र दायित्व प्रष्ट नहुँदा लामो समय अलमलमै बित्यो । कानून बनेर काम गर्ने वातावरण बन्दै गर्दा कोभिड १९को महामारीले देश नै ठप्प भयो । कोभिडबाट नागरिक बचाउनु हाम्रो पहिलो कर्तब्य भएकाले वडा वडामा राहत कोष खडा गर्यौ, जसमा नगरवासी बाट समेत ९२ लाख सहयोग प्राप्त भएको थियो । त्यतिबेला हामिले अभाब र सँक्रमित तथा सँभाबितका लागी निशुल्क खाना, निशुल्क उपचार, निशुल्क जाँच, निशुल्क एम्बुलेन्स तथा निशुल्क परिक्षण गरायौ । अस्पताल आउन नसक्नेलाई घर घरमै गएर परिक्षण तथा उपचारको ब्यबस्था मिलायौ, मुलपानी स्वास्थ केन्द्रलाई कोभिड अस्पतालको रुपमा बिकाश गरि परिक्षण, उपचार तथा कोभिड होल्डिङ सेन्टर समेत बनाएर निशुल्क खाना, बस्न, परिक्षण तथा उपचार समेतको ब्यबस्था मिलायौ ।
हामिले कोभिड अबधिमा समेत बिकाश निर्माणका कामलाई समेत निरन्तरता दिइ रहयौ ।
हाल नगरपालिकाकै गौरबको रुपमा ५३ करोड लागतमा नगरपालिकाको प्रशासनी भबन बन्दै छ भने ३२ करोड लागतको कांडाघारी खानेपानी संम्पन्न हुनै लाग्यो ।


टोलटोलमा मेयर नारा अगाडी सार्दै म हरेक महिना ९ वटै वडामा पुगेको छु । हरेक वडाका समस्या, वडावासीका अप्ठेरा, बिकाश र गर्नुपर्ने कामका बिषयमा हरेक वडाका टोलटोलमा पुगेर नगरवासीका गुनासो सुन्ने र आबश्यकता पहिचान गर्ने गरेको छु । भइरहेका बिकाश निर्माणका कामहरु फिल्डमै पुगेर आफै अनुगमन गर्ने गरेको छु । नागरिक लागी घरघरमै स्थानिय सरकार आईपुग्छ भन्ने आभाष दिलाएको छु । नगरपालिका भित्रका हरेक वडाका हरेक टोलको समस्या आफैले पहिचान गरिसकेकाले र निर्बाचित भएको पहिलो दिनबाटै काम गर्न सकिने वातावरण तयार भएकोले पनि मैले अर्को एक कार्यकाल नगरको नेतृत्व लिनैपर्ने छ ।
यति हुदाहुदै पनि संघिय सरकार मातहत रहेका चाबहिल सांखु सडक तथा पेप्सीकोला ब्रम्हखेल सडक भने अझै अधुरै छन जसकाकारण धेरै सास्ती ब्यहोर्नु परेको छ । यि बाटाहरु हामी आफै बनाउंछौ भन्दा पनि संघिय सरकारबाट यसमा सकारात्मक सहयोग भइरहेको छैन । जसका कारण हामिले गरेका सारा बिकाश निर्माणका काम ओझेलमा परेका छन ।
संघिय सरकारले राष्टिय गौरबका आयोजनामा काम गरोस, प्रदेश सरकारले निति नियम बनाउंदै कार्यान्वयनको सवालमा कडा भन्दा कडा अनुगमन गरोस स्थानीय बिकाशको काम हामि स्थानिय निकायलाई नै गर्न दियो भन्ने बल्ल त्यसले समयमै मुर्तरुप लिन्छ ।’ मेयर थापाले भन्नु भयो ।