आकासियो पेट्रोलियम पदार्थको मुल्य, अब ग्याँस १६ सय, पेट्रोल १ सय ६०, डिजल- मट्टितेल १ सय ४३

Dipak Pudasaini Banner Headline with Image , Business/अर्थ ब्यापार , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ४ वर्ष अगाडि

काठमाण्डौ, २३ चैत्र । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगम संचालक समितिको हिजो बसेको बैठकले गएराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो । निगमले यस पटक ग्याँसमा समेत मूल्य बढाएको छ । २५ रुपयाँ बृद्दि गरी ग्याँसको मूल्य अब १६ सय पुगेको छ भने पेट्रोल र डिजेल–मट्टितेलको प्रति लिटर नयाँ खुद्रा बिक्री मूल्य क्रमशः १६० र १४३ रुपैयाँ पुगेको छ ।
यस्तै हवाई इन्धन (आन्तरिक) मा ५ रुपैयाँ बृद्धि भइ प्रति लिटर १५६ रुपैयाँ कायम भएको छ । यस्तै हवाई इन्धन (अन्तर्राष्ट्रिय) अमेरिकी डलर ५० ले बृद्धि भइ प्रतिकिलोलिटर अमेरिकी डलर १,५४५ कायम गरिएको छ । अन्तर्राष्ट्रिय बजारमै मूल्यवृद्धि भएकाले नेपालमा पनि सोहि बमोजिम मूल्य समायोजन गरिएको निगमको स्पष्टोक्ति छ ।