मन्त्री दीपक मनाङ्गेले कुटे कर्मचारी

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ४ वर्ष अगाडि

काठमाण्डौ, २३ चैत्र । गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले आफ्नै एक कर्मचारीमाथि हातपात गरेका छन् ।फाइल लिएर मन्त्रीको कार्यकक्षमा पुगेका बेलामा मन्त्री मनाङेले शाखा अधिकृत प्रकाश ओझामाथि मंगलबार हातपात गरेका हुन् । 

 निर्वाचन आचारसंहिता लागू हुनुभन्दा अगाडि नै काम सक्न भन्दै मन्त्री मनाङेले ब्रिफिङ गर्ने क्रममा विवाद बढ्दै गएपछि हातपात भएकाे स्राेतकाे बतायाे । कुटिएका ओझाले आफू अस्पताल भर्ना भएकाे जानकारी दिएका छन् ।