काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा गैरसांसद अधिवक्ता गोविन्दप्रशाद शर्मा काेइराला (बन्दी)लाई मन्त्री बनाएका छन् । देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई कानुन, न्याय तथा संसदीय मामिलामन्त्री मन्त्री नियुक्त गरेकी हुन् ।
उनले आजै दिउँसाे २ बजे पद तथा गोपनीयताको शपथ लिने राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।संविधानको धारा ७८ अनुसार प्रधानमन्त्रीको सिफारिसमा गैर सांसदलाई राष्ट्रपतिले मन्त्री नियुक्त गर्न सक्ने प्राब्धान रहेकाे छ । तर यसरी नियुक्त भएका मन्त्रीले सपथ लिएको ६ महिनाभित्र संघीय संसदको सदस्यता लिनुपर्नेछ अन्यथा खारेज हुनेछ । निर्वाचित व्यक्तिहरू हुँदाहुँदै देउवाले गैरसांसदलाइ मन्त्री बनाएकाेमा पार्टीभित्र असन्तुष्टि बढेकाे छ ।
यसअघि कानुन मन्त्रालय सम्हाल्दै आएका मन्त्री दिनेन्द्रप्रसाद बडूलाई उद्योग वाणिज्य तथा आपू्र्ति मन्त्रालयमा नियुक्त गरिएको छ । उक्त मन्त्रादष हाल प्रधानमन्त्री देउवाले सम्हादै आएका थिए ।

