बार अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ४ वर्ष अगाडि

काठमाण्डौ, २५ चैत्र । आज सँम्पन्न भएको मतगणना अनुसार नेपाल बार एसोसिएसनको अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन्। घिमिरेलले ४४ सय ७४ मत ल्याएर अध्यक्ष पदमा विजयी भएका हुन् ।

घिमिरेका निकटम प्रतिद्वन्द्वी विष्णुमणि अधिकारीले २४ सय ८२ मत प्राप्त गरेका थिए। यसैगरी, महासचिव अन्जिता खनाल विजयी भएकी छिन्। खनालले ३६ सय ८२ मत ल्याउँदा उनका निकटम प्रतिद्वन्द्वी केदारप्रसाद कोइरालाले २९ सय ८९ मत प्राप्त गरेका थिए।

बारको कोषअध्यक्षमा भरतबहादुर राउत विजयी भए। उनले चार हजार ३६ मत प्राप्त गरे। राउतको प्रतिद्वन्द्वी जगतबहादुर कार्कीले २८ सय १८ मत प्राप्त गरेकाे निर्वाचन अधिकृत निर्वाचन अधिकृत नरेन्द्रकुमार केसीले जानकारी दिए।विजयी सबैजना सत्ता गठबन्धनका हुन् ।