सदभाब युवा समाजको अध्यक्ष भए रुपाखेती

Dipak Pudasaini News/समाचार , Politics/राजनीति , प्रवास , ४ वर्ष अगाडि

काठमाण्डौ २६ चैत्र । सदभाब युवा समाजको अध्यक्षमा प्रदिप रुपाखेती चयन भएका छन । भक्तपुरको दरवार रिसोर्टमा पारिवारीक पिकनिक सहित सँम्पन्न समाजको चौथो साधारण सभाले निबर्तमान उपाध्यक्ष रुपाखेतीलाई अध्यक्ष चयन गरेको हो । प्रमुख सल्लाहकार दिपक ढकालको प्रमुख आतिथ्यतामा सँम्पन्न साधारण सभाले उपाध्यक्षमा बेग बहादुर तामाङ, सचिबमा बाबुराम दहाल, सह सचिब जीवन श्रेष्ठ, कोषाध्यक्षमा बिष्णु अधिकारी तथा
सदस्यहरुमा बबुराम घिमिरे, सन्तोष गुरुङ, डोल बहादुर तामाङ, बिनेश गुरुाङ, राम सुन्दर खड्का, राम घले, राजाराम थापा, तथा जित कुँबरलाई निर्बिरोध निर्बाचित गरेको निर्बाचन समितीका सँयोजक बासुदेब पौडेलले बताए । यसैगरी सभाले प्रमुख सल्लाहकार देब प्रकाश श्रेष्ट तथा सल्लाहकारहरुमा बासुदेब पौडेल, नेरेश कुमार श्रेष्ठ तथा चेतन श्रेष्ठलाई चयन गरेको छ ।
वतावरण सँरक्षणको सन्देस स्वरुप फुलको बिरुवामा पानीहाली उद्घाटन गरिएको कार्यक्रममा अध्यक्ष देब प्रकाश श्रेष्ठले आफ्नो कार्यकालको बिबरण प्रतिबेदन स्वरुप प्रस्तुत गरेका थिए भने कोषाध्यक्षले आम्दानी खर्चको बिबरण सार्बजनिक गरेका थिए ।