मेलम्ची खानेपानी आयोजना पुनःसञ्चालन

NewsBankNepal Banner Headline with Image , News/समाचार , ४ वर्ष अगाडि

काठमाडाैं । मेलम्चीको खानेपानी आयोजनाबाट आजदेखि पुनः पानी काठमाडौँ उपत्यकामा पठाइएकाे छ । सिन्धुपाल्चोकस्थित मेलम्ची आयोजनाको मुख्य द्वार ३८ नम्बरको ढोका खोली सुरुङमा पानी पठाएर आयोजना पुनः सञ्चालन गरिएकाे आयोजनाले जनाएको छ ।

असार १ र साउन १७ गते सिन्धुपाल्चोकको मेलम्चीखोलामा आएको बाढीले आयोजनामा क्षति पु-याएपछि आयोजनाबाट पानी सञ्चालन पूर्ण रूपमा बन्द भएको थियो । 

क्षतिग्रस्त आयोजनाको सफाइ तथा मर्मत सम्पन्न भई पानी पुनः सञ्चालन गर्न लागिएको हो । सरकारको लक्ष्यअनुरूप निर्धारित समयमा आयोजना पुनः सञ्चालन गर्न खानेपानी मन्त्रालयले कार्ययोजनासहित काम अघि बढाएको थियो ।

मङ्गलबार आयोजना पुनः सञ्चालनमा आएपछि २७ किलोमिटर सुरुङमार्गमार्फत दैनिक १७ करोड लिटर पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पठाइनेछ । खानेपानीमन्त्री उमाकान्त चौधरीले सरकारले तोकेको समयसीमाभित्र पानी काठमाडौँ ल्याउने लक्ष्य पूरा गर्न सहयोग गर्ने मन्त्रालयका पदाधिकारी, प्राविधिक तथा सरोकारवालाप्रति आभार व्यक्त गरे ।