दाङमा ऐतिहासीक थारु मादल (मन्ड्रा) प्रशिक्षण सम्पन्न

Dipak Pudasaini Entertainment/मनोरञ्जन , Latest Update , ३ वर्ष अगाडि

दाङ, २ बैशाख । घोराही उपमहानगरपालिकाको गुलरीयामा संचालन भएको लुम्बिनी प्रदेश स्तरीय मौलिक नेपाली लोकबाजा थारु मादल (मन्ड्रा) प्रशिक्षण कार्यक्रम सँम्पन्न भएको छ ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना तथा थारु कल्याणकारी सभा दाङको ब्यवस्थापनमा संचालित उक्त कार्यक्रम गत चैत२२ गतेबाट आरम्भ भएको थियोे ।
लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका २८ जना थारु समुदायका महिला तथा पुरुष सहभागी प्रशिक्षार्थीलाई प्रशिक्षक बरिस्ठ ताल बादक खड्ग बुडा मगरले सैद्धान्तिक तथा ब्यावहारिक ज्ञानको तालिम दिएका थिए ।


प्रतिष्ठानका संगीत बिभाग प्रमुख तथा कार्यक्रम संयोजक अशोक राईको सभापतित्व तथा राष्ट्रिय नाचघर काठमाडौंका अध्यक्ष प्रेमनाथ अधिकारीको प्रमुख आथित्यतामा सँम्पन्न भएकासमापन समारोहमा प्रशिक्षार्थीहरुले तालिममा सिकेका त्रसान, सखियापैया, ठरपैया,मघौटाका विभिन्न तालहरु स्वरलिपी हेरेर मादल बादन गरेका थिए ।