संस्थागत श्रमस्वीकृतीको काम आजदेखी अनलाइनबाटै ब्यक्तिगतको अर्कोहप्ता देखी

Dipak Pudasaini Banner Headline with Image , Business/अर्थ ब्यापार , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , प्रवास , ४ वर्ष अगाडि

काठमाण्डौ, २ बैशाख । वैदेशिक रोजगार कार्यालय ताहाचलले आदेखि संस्थागत श्रम स्वीकृतीको काम अनलाइन प्रणालीबाट शुरु गरेको छ । सरकारले अब वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको संस्थागत श्रम स्वीकृती (पूर्व श्रम स्वीकृती र अन्तिम श्रम स्वीकृती ) अनलाइन प्रणाली लागू गरेको हो ।

शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीको शुभारम्भ गर्नु भएको हो । शुभारम्भ कार्यक्रममा श्रममन्त्री श्रेष्ठले सरकारले अहिले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको हकहित भन्दा बाहेक अन्य कुनै पनि निर्णय नगर्ने बताउनुभयो । उहाँले सरकारले संस्थागत रुपमा श्रम स्वीकृती अनलाइन प्रणाली लागू गर्दा मेनपावर कम्पनीका प्रतिनिधिहरुको रोजगारी गुमेको गुनासो आउन थालेको समेत बताउनु भयो ।
मन्त्री श्रेष्ठले मेनपावरका कर्मचारीहरुलाई बेरोजगार बनाउने उद्देश्यले नभएर प्रणालीलाई सिस्टममा ल्याउँदा यस्तो अवस्था आएको दाबी गर्नु भयो । वैदेशिक रोजगार कार्यालयहरुले अब वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको काममा ढिला सुस्ति र कसैलाई दुःख दिने कुरा मनैदेखि हटाउन कर्मचारीहरुलाई निर्देशन दिनुभयो । अब सरकारले वैदेशिक रोजगारीसम्बन्धी सबै कामहरु अनलाइन प्रणालीमार्फत गर्ने तयारीमा मन्त्रालय रहेको मन्त्री श्रेष्ठको दाबी छ ।

वैदेशिक रोजगार कार्यालयका प्रमुख रमेश अर्यालले संस्थागत श्रम स्वीकृति अनलाइन प्रणाली लागू भएसँगै सेवाग्राही, मेनपावरका प्रतिनिधिहरुले आफ्नो कार्यालयबाटै काम गर्न सकिने बताउनु भयो । उहाँले संस्थागत श्रम स्वीकृति अनलाइनमार्फत हुँदा सेवाग्राहीहरुले छिटो, छरितो र गुनासोरहित सेवा हुने अपेक्षा कार्यालयको रहेको बताउनु भयो । कार्यालय प्रमुख अर्यालले चालू आर्थिक वर्षको ९ महिनामा ४ लाख ६४ हजार ४ सय २५ श्रम स्वीकृति भएको पनि जानकारी दिनुभयो । साथै प्रमुख अर्यालले

अर्कोहप्ता देखी व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइन प्रणालीबाटनै गर्ने तयारीमा कार्यालय रहेको बताउनु भयो ।