बढ्दो व्यापार घाटा कम गर्न सरकारी सुविधाको इन्धनमा २० प्रतिशतले कटौती

NewsBankNepal Banner Headline with Image , Business/अर्थ ब्यापार , News/समाचार , ४ वर्ष अगाडि

काठमाडौं । अर्थ मन्त्रालयले सरकारी सुविधाको इन्धनमा २० प्रतिशतले कटौती गरेको छ ।गत चैत ३० गतेको मन्त्रिपरिषद् बैठकले सरकारी सुविधाको इन्धनमा २० प्रतिशतले कटौती गर्ने निर्णय गरेको अर्थ मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

बढ्दो व्यापार घाटा र वैदेशिक मुद्राको सञ्चितीमा परेको चापका कारण सरकारले चालु आर्थिक वर्षका लागि इन्धन खर्च शीर्षकमा छुट्याइएको बजेट कटौती गरेको हो ।यो निर्णय विकास आयोजनाहरु, शान्ति सुरक्षा, अत्यावश्यक सेवा र आगामी स्थानीय तहको निर्वाचनका लागि भने लागू हुने छैन,’’ मन्त्रालयले सोमबार जारी गरेको सूचनामा उल्लेख छ ।

‘‘इन्धन शीर्षकमा विभिन्न मन्त्रालय, निकाय तथा सरकारसँग सम्बद्ध सार्वजनिक संघ–संस्थाले बाँकी बजेटको २० प्रतिशत कटौती गर्नुपर्ने छ । यो निर्णयको पालना र अनुगमन कडाईका साथ गरिने जनाइएको छ।

केन्द्रीय निकायहरु, सबै संवैधानिक निकायहरु र प्रदेशको हकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय तहमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्नेछ । इन्धन सुविधा आगामी असार मसान्तसम्म २० प्रतिशतले कटौती हुने अर्थ मन्त्रालयले जनाएको छ ।