ललितपुरको अक्सिजन प्लान्टमा विष्फोट हुँदा एक भारतीय नागरिककाे मृत्यु

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , २ वर्ष अगाडि

ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्र रहेकाे अक्सिजन प्लान्टमा विष्फोट हुँदा एक जनाको मृत्यु भएकाे छ ।

औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा बिहान विष्फोट भएको हाे ।ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय अनुसार विष्फोटमा मृत्यु हुनेमा भारतीय नागरिक बृज कुमार महतो रहेका छन् ।

विष्फाेटमा परी घाइते भएका ७ जना मध्ये पाँच जनाकाे अवस्था गम्भीर रहेकाे जनाइएकाे छ ।घाइतेहरुको पाटन अस्पताल र विएण्डवी अस्पतालमा उपचार भइरहेकाे छ। 

यसैबीच, गृहमन्त्री बालकृष्ण खाणले अक्सिजन प्लान्टमा भएकाे विष्फोटकाे छानबिन गर्न निर्देशन दिएका छन् ।गृहमन्त्री खाणले घाइतेको तत्काल उद्धार गर्न र घटनाको छानबिन निर्देशन दिएका हुन्।घटनाबारे थप विवरण आउन बाँकी छ ।