डब्ल्युएचओका महानिर्देशक टेड्रोसद्वारा नेपालकाे स्वास्थ्य नीतिबारे चासाे व्यक्त

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , २ वर्ष अगाडि

काठमाडाैं । विश्वस्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारीसँगशिष्टाचार भेटवार्ता गरेका छन् ।राष्ट्रपति भवन शीतल निवासमा उनीहरुबीच शुक्रबार भेटवार्ता भएको हाे ।

 राष्ट्रपति भण्डारीले कोरोना भाइरस महामारीमा सबै देशलाई समान तरिकाले डब्ल्युएचओले खोप वितरण गरेकामा डब्ल्युएचओ महानिर्देशक डा. टेड्रोसलाई धन्यवाद ज्ञापन गरिन्  ।

महानिर्देशक डा. टेड्रोसले नेपालले कोरोना भाइरस खोप धेरैजसोलाई लगाएकामा कृतज्ञता व्यक्त गरे । त्यस अवसरमा महानिर्देशक डा. टेड्रोसले राष्ट्रपति भण्डारीलाई नेपालले स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानका बारेमा जानकारी गराएका थिए ।  महानिर्देशक डा. टेड्रोसले नेपालको स्वास्थ्य नीतिका बारेमा चासो राखेका थिए।

उनले डब्लुएचओ नेपाललाई गर्ने सहयोगका बारेमा पनि राष्ट्रपति भण्डारीलाई जानकारी गराएका थिए । 

यसैगरी, आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि महानिर्देशक डा. टेड्रोसले शिष्टाचार भेट गरे । प्रधानमन्त्री देउवासँग डब्लुएचओका महानिर्देशक डा. टेड्रोसले शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर शिष्टाचार भेटवार्ता गरेका हुन् ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा तीनदिने भ्रमणमा बिहीबार काठमाडौं आएका महानिर्देशक डा. टेड्रोसले बिहीबार नै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गरेका थिए।

महानिर्देशकका साथ डब्ल्युएचओको दक्षिणपूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल र डब्ल्युएचओका अन्य अधिकारीसमेत नेपाल आएका छन्  । उनी भाेलि नेपालबाट फर्कने कार्यक्रम छ ।