सत्ता गठबन्धनले बागी उम्मेदवारी फिर्ता लिन आह्वान गर्ने

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , Politics/राजनीति , २ वर्ष अगाडि

काठमाडाैं । सत्ता गठबन्धन दलहरूले साझा उम्मेदवारबाहेक स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता लिन आह्वान गर्ने भएका छन् ।

नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पाँच दलीय संयन्त्र ‘निर्वाचन तयारी तथा अनुगमन समिति’का संयोजक रामचन्द्र पौडेलले शीर्ष नेताहरूले साझा उम्मेदवारबाहेक अन्य नेताहरूले दर्ता गरेको मनोनयन फिर्ता लिन आग्रह गर्ने बताए ।

 पाैडेलले भने, पार्टीको निर्णय मान्नुको विकल्प पनि छैन । गठबन्धनलाई बलियो बनाउनु अहिलेको आवश्यकता र जिम्मेवारी रहेको बताउँदै उनले पार्टीको निर्णयविपरीत मनोनयन गरेका नेताहरूले वैशाख १६ गतेभित्र उम्मेदवारी फिर्ता लिने विश्वास व्यक्त गरे । केन्द्रमा चुनावी गठबन्धन भए पनि स्थानीय तहमा भने त्यसकाे उल्लङघन भएकाे छ। धेरै स्थानमा बागी उम्मेदवारी परेकाे छ। दलहरूलाइ विपक्षीकाे भन्दा पनि बागी उम्मेदवारकै चुनाैती भएकाे छ।

नेपाली काँग्रेसले पार्टीको डडेल्धुरा जिल्ला कार्यसमितिका निवर्तमान सभापति तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्ललाई कारबाही गरेको छ । एमालेसँग तालमेल गरेकाले नेता मल्ललाई पार्टीको सदस्यसमेत नरहने गरी पार्टीबाट हटाइएको हो ।