काठमाडाैं । पाँच दलीय गठबन्धनका तर्फबाट काठमाडौं महानगरपालिकामा मेयरका साझा उम्मेदवार सिर्जना सिंहले आफूले जितेमा महानगरलाई ‘महाघर’ जस्तो गरी चलाउने बताइन् ।
शुक्रबार गठबन्धनले शान्ति बाटिकामा आयोजना गरेको संयुक्त आमसभामालाई सम्बाेधन गर्दै उनले आफूले जितेमा महानगरलाई सबैको अपनत्व हुने गरी चलाउने बताएकी हुन् । उनले सुरूदेखि नै आफू राजनीतिज्ञकाे साथै कुशल गृहिणी भएकाे बताउँदै आएकी छिन् ।आफूले घरकाे सबै व्यवस्थापन गरेकै कारण सिंगाे परिवार राजनीति हाेमिएकाे उनकाे भनाइ थियाे ।
आफू प्रतिनिधि पात्र मात्रै भएकाले महानगरका समस्या समाधान गर्न विज्ञहरूसँग छलफल र परामर्श गर्ने उनले बताइन् ।
‘कहिले पनि मतदाताको शीर निहुरिन दिन्नँ,’ उनको भनाइ छ। सामुदायिक विद्यालयको अवस्था सुधार गर्ने, सम्पदा संरक्षण गर्ने, हरियाली बढाउने लगायतका आफ्ना एजेन्डा भएको सिंहले सुनाइन् ।उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म लैजाने योजना साथ आफूले काम गर्ने उनको प्रतिबद्धता थियो ।

