नेपाल रेडियोलोजिष्ट एसोसिएसनको चौथो राष्ट्रिय सम्मेलन सम्पन्न

Dipak Pudasaini Latest Update , News/समाचार , प्रविधि , स्वास्थ्य , ३ वर्ष अगाडि

काठमाण्डौ, २५ बैशाख । नेपाल रेडियोलोजिष्ट एसोसिएसनको चौथो राष्ट्रिय सँम्मेलन राजधानीमा सँम्पन्न भएको छ ।
बरिष्ठ रेडियोलोजिष्ट डा. नेत्र बहादुर अमात्यले उद्घाटन गर्नुभएको सम्मेलन २३ र २४ बैशाखमा सँम्पन्न भएको हो । नेपाल तथा बिदेशबाट समेत ४५ जना रेडियोलोजिष्टहरुले ५० भन्दा बढी कार्यपत्र प्रस्तुत गरेको कार्यक्रममा बिशेष अतिथी वरिष्ठ रेडियोलोजिष्ट डा. आनन्द प्रसाद श्रेष्ट, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला तथा नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले सम्मेलन सफलताको शुभकामना मन्तब्य राख्नु भएको थियो ।

नेपाल रेडियोलोजिष्ट एसोसिएसनको चौथो सम्मेलन ( RADCON 2022) को मुल नारा Paving the road towards Radiology Subspecialty In Nepal रहेको थियो।

सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी ३ सय भन्दा बढी रेडियोलोजिष्ट चिकित्सकहरुको सहभागिता रहेको एसोसिएसनका सदस्य डा. विश्वराज बस्ताकोटीले बताउनु भयो ।

एसोसिएसनका अध्यक्ष प्रा.डा. हेन्सन खड्काका अनुसार हरेक दुइ वर्ष मा हुने यो सम्मेलन एस पटक कोभिड का कारण साढे तिन वर्षमा आयोजना भएको हो ।