विप्लव नेतृत्वको नेकपा विभाजित,बास्तोलाद्वारा नयाँ पार्टी गठन

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , २ वर्ष अगाडि

काठमाडाैं। स्थानीय चुनावकाे मुखमा मिल्नुपर्नेमा विप्लव नेतृत्वकाे नेकपा विभाजित भएकाे छ । महासचिव नेत्रविक्रम चन्द समूह संसदवादमा फस्न लागेको भन्दै असन्तुष्ट समूहका नेता धर्मेन्द्र बास्तोला पक्षले नेकपा (बहुमत) पार्टी गठन गरेको छ । 

 सोमवार काठमाण्डाैमा पत्रकार सम्मेलन गरेर उनले नयाँ पार्टी गठन गरेकाे जानकारी दिएका हुन् ।  कतिपय केन्द्रीय सदस्यहरूलाई एमालेको चुनाव चिह्नबाट चुनाव लडाएर पार्टीलाई संसदीय व्यवस्थामा फसाउने महासचिव विप्लवबाट षडयन्त्र भएकाे उनीहरूकाे आराेप छ । नयाँ पार्टीका संयोजक बास्तोला भन्छन् , अब जनवादी क्रान्ति सम्पन्न गर्ने लक्ष्यलाई निरन्तरता दिँदै निष्कर्षमा पु¥याउँछाैं।

उनले भने, नयाँ पार्टीको मूल कार्यनीति भनेको वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्नु हो । केपी ओली, प्रचण्डहरूले लिएको बाटोबाट देशमा जनवादी क्रान्ति सम्पन्न हुन सक्दैन।’माओवादी नीतिमा आफूहरू प्रतिवद्ध रहेको उनकाे भनाइ थियाे । केही समयअघि चन्द्रले बास्ताेला लगायतका नेताहरूलाइ साधारण सदस्य समेत नरहने गरी कारबाही गरेकाे थियाे ।