काठमाण्डौ ३० बैशाख । आज सँम्पन्न भएको पालिका निर्बाचनमा काठमाण्डौको एक मतदान केन्द्रमा भोट पनि २०७९ नै खसेको छ । कागेश्वरी मनोहरा नगरपालिका वडा नँ २ को मतदान केन्द्रमा २०७९ भोट खसेको हो । साबिक आलापोट गाबिसको कृष्णचौर स्थित भगवान युवाक्लब मतदान केन्द्रमा उक्त सँख्यामा मत खसेको हो । जहाँ २५ सय ५५ मतदाता रहेका थिए । प्रतिशतको हिसाबले त्यहाँ ८१.३६ मत खसेको हो ।
नगरपालिकाकी मतदान अधिकृत सारदा राउतका अनुसार कागेश्वरी मनोहरा नगरपालिकामा ७६ प्रतिशत मत खसेको छ । ३५ हजार ४ सय ९३ मतदाता रहेको यस पालिकामा २६ हजार ९ सय ८८ मत खसेको हो ।

