देउवाकै वडामा कांग्रेस उम्मेदवार पराजित

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ४ वर्ष अगाडि

डडेल्धुरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह वडामा कांग्रेस पराजित भएको छ ।डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेस (बीपी)का नरेश भण्डारी निर्वाचित भएका हुन् ।

भण्डारीले ६७३ मत पाए भने कांग्रेसका चन्द्रबहादुर देउवाले ५४४ मत प्राप्त गरेका थिए ।एमालेसँग तालमेल गरेको कांग्रेस बीपीले भण्डारीलाई अध्यक्षको उम्मेदवार बनाएको थियो ।वडाध्यक्षमा टिकट वितरणको असन्तुष्टिको फाइदा उठाउँदै कांग्रेस बीपीले एमालेको सहयोगमा देउवाकै वडाबाट विजयी सुरूवात गरेको हो ।

डडेलधुराका कांग्रेसका पूर्व सभापति कर्णबहादुर मल्ल समूहले कांग्रेस वीपीबाट जिल्लाभर उम्मेदवार बनाएको छ ।कांग्रेस बीपीले करुवा चुनाव चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गरेको छ ।