६ महानगरपालिका मध्ये काठमाडौंमा बालेन साह र अरुमा गठबन्धन अगाडि

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , Photo Gallery , ४ वर्ष अगाडि

काठमाडाैं । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना जारी छ । र्सावजनिक नतिजा अनुसार एमाले र कांग्रेस बराबरीको अवस्थामा छन् । सबैको चासो रहेको देशभरका ६ महानगरको मतगणना पनि जारी रहेको छ।

जस मध्ये पाँच महानगरमा गठबन्धनको उम्मेदवारहरुले अग्रता कायमै राखेका छन् भने काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र तर्फका उम्मेदवार बालेन साहले आफ्नो अग्रतालाई झण्डै दोब्बर बनाएका छन्।

साहालाई नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवार केशव स्थापित र सिर्जना सिंहले पच्छाइरहेका छन्। उपमेययर तर्फ एमालेकी उम्मेदवार सुनिता डंगोल अग्रस्थानमा छन्। उनले नेकपा एकीकृत समाजवादीका उपेयर रामेश्वर श्रेष्ठलाइ पछाडी पारेका छन् ।

यस्तै,चितवनको भरतपुर महानगरको मेयरमा गठबन्धनबाट साझा उम्मेदवार रहेकी रेनु दाहालले अग्रता कायमै राखेकी छिन्। उपमेयरमा भने गठबन्धनबाट साझा उम्मेदवार रहेका चित्रसेन अधिकारीको फराकिलो अग्रता रहेको छ।

यता,ललितपुर महानगरको मेयरमा गठबन्धनका साझा उम्मेदवार चिरिबाबु महर्जनले दोब्बर अंकले अग्रता बढाएका छन्। चिरिबाबु र हरिकृष्ण परिचित प्रतिद्वन्द्वी हुन्। २०७४ को स्थानीय निर्वाचनमा चिरिबाबुले हरिकृष्णलाई पराजित गरेका थिए।

उता, पोखरा महानगरपालिकाको मतगणनामा नेकपा ९एकीकृत समाजवादी०ले अग्रता कायम राखेको छ। जारी मतगणनामा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका प्रमुख पदका उम्मेदवार धनराज आचार्य अगाडि छन् ।

उता,विराटनगर महानगरपालिकामा कांग्रेसले अग्रता लिइरहेको छ। पछिल्लो मतपरिणामअनुसार कांग्रेस मेयरका उम्मेदवार नागेश कोइरालाले अग्रता लिएका हुन् ।

यस्तै,पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार मेयर पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले अग्रतालाई निरन्तरता दिएका छन्।उनका निकटतम प्रतिष्पर्धामा नेकपा ९एमाले०का विजयकुमार सरावगी रहेका छन् ।