कागेश्वरी मनोहरा १ मा एमालेले खाता खोल्यो

Dipak Pudasaini Banner Headline with Image , Latest Update , News/समाचार , स्थानीय निर्वाचन , ४ वर्ष अगाडि

काठमाण्डौ, १ जेठ । कागेश्वरी मनोहरा नगरपालिका वडा नँ १ मा अध्यक्ष सहित एमालेका सँम्पुर्ण उम्मेद्दवारहरु निर्बाचित भएका छन । वडा अध्यक्षमा निबर्तमान वडा अध्यक्ष मुकुन्द गजुरेल निकटतम प्रतिद्दवन्दी नेपाली काँग्रेसका लक्ष्मण खड्कालाई २ सय ७० मतले हराउँदै बिजयी भएका हुन । गजुरेलले १ हजार ७ सय ७ मत पाएका थिए भने खड्काले १ हजार ४ सय ३७ मत पाएका थिए ।
यसैगरी एमालेबाटै महिला सदस्यमा उजेली तमाङ, दलित महिला सदस्यमा कविता सुनार, तथा खुल्ला सदस्यमा कुमारध्वज खड्का र प्रेम कुमार लामा निर्बाचित भएको निर्वाचन अधिकृत सारदा राउतले जानकारी दिनुभयो ।
वडा नँ १ बाट नगर प्रमुखमा एमालेका राम शरण ढुँगानालाई १४९९ मत प्राप्त भएको छ भने नेपाली काँग्रेसका उपेन्द्र कार्कीलाई १४७४मत प्राप्त भएको छ ।