गोकर्णेश्वर–४ मा लौरो चुनाव चिह्नका महत विजयी

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ४ वर्ष अगाडि

काठमाडाैं । गोकर्णेश्वर नगरपालिका–४ को वडाध्यक्ष पदमा लौरो चुनाव चिह्नका जयराम महत विजयी भएका छन् । उनले एक हजार २७ मत ल्याएर विजयी भएका हुन् ।नबनिर्वाचित महत भने यसअघिको स्थानीय तह निर्वाचनमा कांग्रेसका तर्फबाट वडासदस्यमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का श्रीकुमार श्रेष्ठले ९९९ मत प्राप्त गरे ।उनी यसअघिका निर्वाचित वडाध्यक्ष हुन् ।     

वडासदस्यमा तीन पदमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।महिला सदस्यमा भने एमाले विजयी भएको छ । कांग्रेसबाट खुला सदस्यमा राजेश श्रेष्ठ, कृष्ण श्रेष्ठ र दलित महिला सदस्यमा सुनिता परियार निर्वाचित भइन् । महिला वडासदस्यमा भने एमालेका गोमा श्रेष्ठ विजयी भइन् । अहिलेसम्मको परिणाममा यसअघि कांग्रेसले जितेका वडामा अहिले एमाले र यसअघि एमालेले जितेका वडामा अहिले कांग्रेस विजयी भएको छ ।

  एमालेका नगर प्रमुख उम्मेद्वार उद्धव विष्टले चार हजार ५७० र उपप्रमुखमा सान्नानी लामाले चार हजार ४६७ मत पाएकी छिन् । कांग्रेसका दीपक रिसालले चार हजार ३८४ र उपप्रमुखमा शान्ति नेपालले चार हजार ०१७ मत पाएकी छिन् ।