काठमाण्डौ, २ जेठ । काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिकामा जारी मत गणनामा मेयरमा नेपाली काँग्रेसका उम्मेद्दवार उपेन्द्र कार्कीले अग्रता लिएका छन । कार्कीले ४१ सय ५९ मत पाउँदा नेकपा एमालेका उम्मेद्दवार रामशरण ढुँगानाको ३ हजार ४ सय ७८ मत पुगेको छ ।

त्यसैगरी उपमेयरमा नेकपा एमालेकी शान्ता थापाले ४ हजार ४ सय २२ मत पाउँदा माओबादी केन्द्रका भोला चापागाँइले २ हजार १ सय ७७ मत पाएका छन ।
हाल सम्म वड नँ १ र ९ को मत गणना सकिएको छ । १ मा प्यानलै सहित एमालेका उम्मेद्दवारहरु बिजयी भएका छन भने ९ नँ वडामा अध्यक्षमा नेपाली काँग्रसका तथा बाँकी पदहरुमा एमालेका उम्मेद्दवारहरु बिजयी भएका छन । हाल वडा नँ २ र ८ को गणना भइरहेको निर्वाचन कार्यालयले जनाएको छ ।

