कागेश्वरी मनोहरा २ मा काँग्रेसका खड्का १३९ मतान्तरले बिजयी

Dipak Pudasaini Banner Headline with Image , Latest Update , News/समाचार , Politics/राजनीति , स्थानीय निर्वाचन , ४ वर्ष अगाडि

काठमाण्डौ, ३ जेठ । कागेश्वरी मनोहरा नगरपालिका वडा नँ २ मा नेपाली काँग्रेसका उम्मेद्दवार सुरज खड्का बिजयी भएका छन । गएराती प्राप्त परिणाम अनुसार उनले नेकपा एमालेका उम्मद्दवार शिबराम बस्नेतलाई १ सय ३९ मतान्तरले पराजित गरेका हुन । खड्काले ९ सय ४५ मत पाएका थिए भने एमालेका बस्नेतले ८ सय ६ मत पाएका थिए । यसैगरी काँग्रसकै महिला सदस्यमा रामप्यारी नगरकोटी, दलित महिला सदस्यमा तारा लोहार तथा खुल्ला सदस्यमा महेश्वर श्रेष्ठ बिजयी भएका छन भने अर्को एक खुल्ला सदस्यमा एमालेका प्राणनाथ फुँयाल निर्बाचित भएका छन ।