गोकर्णेश्वर ५ मा कांग्रेसकाे प्यानल नै विजयी

Maheshwor Nepal Banner Headline with Image , News/समाचार , Politics/राजनीति , ४ वर्ष अगाडि

काठमाडाैं । गोकर्णेश्वर नगरपालिका वडा नं. ५ मा नेपाली कांग्रेसकाे प्यानल विजयी भएकाे छ ।नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार नारायण बहादुर सुवेदीले नेकपा एमालेका उम्मेदवार भन्दा दोब्बर मतले विजयी भएका हुन् ।

सुवेदीले १७५५ मत ल्याउँदा एमालेकी वडा अध्यक्षकी उम्मेदवार तारा कुमारी सिम्खडा पुडासैनीले ८१४ मत मात्र प्राप्त गरिन् । सुवेदी यसअघिका वडाध्यक्ष पनि हुन् । गाेकर्णेश्वरकाे ५ वडामा अाइपुग्दा कांग्रेस प्यालनसहित विजयी भएकाे हाे । यहाँ १,२,३ मा एमालेकाे प्यानल विजयी हुँदा ४ मा भने स्वतन्त्रका उम्मेदवार विजयी भएका थिए ।