काठमाण्डौ, ३ जेठ । कागेश्वरी मनोहरा नगरपालिका वडा नँ ८ मा नेपाली काँग्रेसका उम्मेद्दवार हरिभक्त पुडासैनी बिजयी भएका छन । उनले नेकपा एमालेका उम्मेद्दवार सुरेश चापागाँईलाई ७ सय ९ मतअन्तरले पराजित गरेका छन । पुडासैनीले १६ सय ८ मत पाएका छन भने चापागाँइले ८ सय ९९ मत पाएका थिए ।
यसैगरी महिला सदस्यमा काँग्रेसकै सुनिता पुडासैनी (चापागाँइ), र सदस्यहरुमा मुक्तिनाथ दहाल र सिताराम आचार्य बिजयी भएका छन भने दलित महिला सदस्यमा नेकपा एमालेकी गुन केशरी श्रेष्ट बिजयी भएकी छन ।

