काठमाण्डौ, ३ जेठ । कागेश्वरी मनोहरा नगरपालिका वडा नँ ३ मा अध्यक्ष सहित एमालेको प्यानलै बिजयी भएको छ ।
निबर्तमान अध्यक्ष एबँ एमालेका उम्मेद्दवार राममणी पुडासैनीले नेपाली काँग्रेसका उम्मेद्दवार श्याम प्रसाद पुडासैनीलाई २ सय २४ मतले पराजित गरेका हुन । राममणीले ८ सय १४ भोट पाउँदा श्याम प्रसादले ५ सय ९० मत पाएका थिए ।
त्यसैगरी महिला सदस्यमा रमा कालिका, दलित महिला सदस्यमा गोमा लोहार तथा सदस्यहरुमा सुन कुमार नगरकोटी तथा राधाकृष्ण थापा बिजयी भएका हुन ।

