सार्वजनिक यातायातको भाडा बढ्याे

NewsBankNepal Banner Headline with Image , Latest Update , News/समाचार , ४ वर्ष अगाडि

काठमाडाैं । यातायात व्यवस्था विभागले भाेलिबाट लागू हुने गरी सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। विभागले मङ्गलबार सूचना जारी गर्दै सो जानकारी दिएको हो।

विभागले सार्वजनिक यातायातको भाडा ३.५ देखि ५.१ प्रतिशतको दरले वृद्धि गरेको जनाएको छ। जसमा यात्रु वहाक सवारी साधनको भाडामा ३.५, पहाडी बाटोमा सञ्चालन हुने मालबहाक सवारीमा ४.६ र तराईका बाटोमा सञ्चालन हुने माल बहाक सवारीको भाडामा ५.१ वृद्धि गरेको छ। इन्धनकाे मूल्य वृद्धि भएपछि सरकारले भाडा समायाेजन गरेकाे हाे ।

युक्रेन र रसियाबीचकाे युद्धकाे कारण देखाउँदै अहिले रहेक वस्तुकाे मूल्यवृद्धि भएकाे अवस्था छ ।